Dangkhabar – Page 392 – दाङ खबर
Global Luja Dang

Author: Dangkhabar

छोराले गरे आफ्नै बाबुको हत्या

छोराले गरे आफ्नै बाबुको हत्या

रुपन्देही, जेठ ४ – रुपन्देहीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा घर बनाउने मजदुरको रुपमा कार्यरत कोटइमाईका रामकेश धवलको हत्या गरी छोरा सन्दीप धवल फरार भएका हुन् । रामकेशलाई बुधबार बेलुका गोली प्रहार भएको थियो । उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको क्रममा ज्यान गएको छ । जेठी श्रीमतीका छोरा सन्दीप बाबुले काम गर्ने ठाउँमा बुधबार दिउँसो एक जना साथीसँग आएका थिए । बेलुका धवलको गोली प्रहारपछि उनका छोरा फरार रहेका छन् । गोली प्रहारमा छोरा कै संलग्नता देखिएपछि खोजि कार्य भइरहेको प्रहरीले बताएको छ । मृतक धवलकी जेठी श्रीमती भारतको नौतनहवामा र छोरा गोरखपुर नजिकै पिपिगञ्जमा बस्दै आएका छन् । उज्यालाे अनलाइनबाट
बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र

बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र

बर्दिया, जेठ ४-  राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले बर्दियाको पूर्व र पश्चिममा गरी ३६ हजार हेक्टर जमीनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढेको छ । बबई नहरबाट पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्र्वी भेगमा २१ हजार हेक्टर नहर सिँचाइ हुने आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठ बताउनुभयो । बर्दियाको खेतीयोग्य जमिनलाई सिँचाइ सुविधा उपलब्ध गराउने गरी संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको आर्थिक सहयोगमा २०४९–२०५० सालदेखि परम्परागत रुपमा किसानद्वारा सञ्चालित बूढीकुलो, मझराकुलो, राजकुलो र धधवारकुलोमा बबई नदीको पानी नहरमार्फत पु¥याउने लक्ष्यका साथ आयोजना शुरु भएको र यही आव २०७४÷०७५ मा सकिने लक्ष्य रहेकोमा बाढीका कारण सो समयमा पुरा नहुने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयोे । आयोजनाले निर्माण गरेको नहरमा २०७१ र २०७४ मा आएको भीषण बाढीले क्षति पु¥याएको हुँ
पार्टी एकताको चौतर्फि स्वागत : उत्पादन र वितरण प्रणालीमा समानता कायम गर्न सुझाव

पार्टी एकताको चौतर्फि स्वागत : उत्पादन र वितरण प्रणालीमा समानता कायम गर्न सुझाव

बुटवल, जेठ ४ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणापछि मोफसलमा पनि नेपाल राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोतर्फ अगाडि बढ्न सहज हुने विश्लेषण हुन थालेको छ । मुलुकको विकास र समृद्धिलाई अगाडि बढाउन अब राजनीतिक अस्थिरता र अवरोधका बाधक रहने अवस्थाको अन्त्य भएको विश्वास गरिएको छ । एकतालाई पुराना वामपन्थी नेता तथा वरिष्ठ साहित्यकार रामचन्द्र भट्टराई नेपालको वाम आन्दोलनमा एउटा ऐतिहासिक सुखद् क्षण ठान्नुहुन्छ । उहाँले अब अन्य वाम घटक पनि यसैगरी एकतामा आउनु जरुरी छ भन्दै एकता सुदृढ र दीर्घजीवी हुनुपर्ने र भविष्यमा आइपर्ने जस्तासुक्कै चुनौतीलाई पनि एकताबद्ध भएर चिर्न सक्नुपर्नेमा जोड दिनुहुन्छ । एकीकरणलाई नजीकबाट अध्ययन गर्दै आउनुभएका अर्थशास्त्री तथा लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा ईश्वर गौतम एकीकरणले दुई पा
इस्लाम धर्मावलम्बीको ‘रमजान’ सुरु

इस्लाम धर्मावलम्बीको ‘रमजान’ सुरु

दाङ, जेठ ४ । इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व ‘रमजान’ हिजोदेखि सुरु भएको छ । अरबी पात्रोअनुसार नौ महिनामा पर्ने उक्त पर्व साउदी अरबमा अघिल्लो दिन चन्द्रमा देखिएपछि नेपालमा हिजोदेखि शुरु भएको छ । एक महिनासम्म जारी रहने यस पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म निराहर बस्नुपर्ने प्रचलन छ । राष्ट्रिय मुस्लिम आयोगका पूर्व सदस्य सचिव शम्शेर मियाँका अनुसार धर्मावलम्बीले चन्द्रमा नदेखिएसम्म रोजा (व्रत) राख्न नमिल्ने हुँदा सूर्योदय अगाडि बिहानको खाना (सेरी) खाने तथा साँझ सूर्यास्तपछि फलाहार (इफ्तार) गर्छन् । धनी तथा गरीब दुवैथरी धर्मावलम्बीले रोजा बस्ने र पवित्र ग्रन्थ ‘नमाज’ वाचन गर्ने र अन्य धार्मिक गतिविधि गर्छन् । इस्लाम धर्ममा पाँच आधारस्तम्भलाई महत्वपूर्ण मानिन्छ । त्यसमा नमाज पढ्ने, रोजा बस्ने, हज (तीर्थाटन), जकात (दान) र कल्मा पर्छ । धनी मानिसले वार्षिक समग्र आम्दानीको २.५ प्रतिशत
आज – ०४ जेठ २०७५ शुक्रवारको राशिफल

आज – ०४ जेठ २०७५ शुक्रवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कमको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । बोलीको प्रभाब बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक साधन जुटाउने समय छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । धर्म,कर्ममा मन लाग्नेछ । रमाइलो यात्राको योग रहेको छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोजगारको अवसर मिलनेछ । चिताएको कामले तीव्रता लिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।
हैदरावादमाथि महत्वपूर्ण जित निकाल्दै बै‌ङ्लाेर प्लेअफ नजिक

हैदरावादमाथि महत्वपूर्ण जित निकाल्दै बै‌ङ्लाेर प्लेअफ नजिक

दाङ जेठ ४- आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। दुवै इनिङमा गरी ४ सय २२ रन बनेको खेलमा बैंग्लोरले हैदरावादलाई १४ रनले पराजित गरेको हो। महत्वपूर्ण खेलमा जित हात पारेसँगै बैंग्लोरको प्लेअफ सम्भावना बढेको छ। अन्तिम खेलअघि बैंग्लोर १२ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ। चौथो स्थानको मुम्बईसहित छैटौं स्थानको राजस्थान र सातौं स्थानको किंग्स इलावेन पञ्जावको पनि १२-१२ अंक नै छ। अब अन्तिम खेलमा राजस्थानलाई हराए बैंग्लोर प्लेअफमा पुग्नेछ। हैदरावाद र चेन्नई भने यसअघि नै प्लेअफमा पुगिसकेका छन्। बिहीबार बैंग्लोरले दिएको २ सय १९ रनको पछ्याएको हैदरावादले २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ४ रन जोड्यो। अन्तिम ओभरको पहिलो खेलमा हैदरावादका कप्तान केन विलियमसन ८१ रनमा आउट खेल बैंग्लोरको पक्षमा गएको हो। त्यसअघि आक्रामक ब्याटिङ गरेका उनले ४२ बलमा ७ चौका र ५ छक
नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा

नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा

काठमाडौँ, जेठ ३ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । बिहीबार आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गर्नुभयो । विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो । करीव सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक (नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने बिहीबार ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । सो अवसरमा एक मिनेट ताली बजाएर खुसीयाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाउनुभएको थियो । पूर्वप्रधानमन्त्री नेपालले नेपाल एकीकरण गर्दा पृथ्वीनाराय

गाडीको ठक्करले शिक्षकको मृत्यु

बाँके, जेठ ३-  गाडीको ठक्करले बाँके जिल्लाको कोहलपुरमा एकजनाको मृत्यु भएको छ । कोहलपुर–१० रामनगरमा गएराति भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय ऋषिराम चापागाँईको मृत्यु भएको हो । गाडीको ठक्करबाट घाइते चापागाँईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । मृतक चापागाँई शिक्षक हुनुहुन्थ्यो ।

ट्र्याक्टरबाट लडेर बालकको मृत्यु

राजविराज, जेठ ३-  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–३ मा ट्र्याक्टरबाट लडेर एक बालकको आज बिहान मृत्यु भएको छ । तत्काल नाम ठेगाना खुल्न नसकेका १५ वर्षीय बालकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ५५५९ नम्बरको ट्र्याक्टरमा सवार ती बालक लडेर घाइते भएपछि उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिँदै गर्दा बीचबाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । यसैबीच घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु

मोरङ, जेठ ३-  मोरङको रंगेली नगरपालिका–१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेनश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते भएकी छन् । घाइते महिलाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । सञ्चार क्लबलाई जग्गा सहयोग यसैबीच, पूर्वी मोरङका पत्रकारको साझा संस्था सञ्चार क्लब नेपाललाई रु २५ लाख बराबरको पाँच कट्ठा जग्गा सहयोग प्राप्त भएको छ । उर्लाबारी–६ का जंगबहादुर कार्की, बृद्धिसिंह तामाङ र ज्ञानु बास्कोटाले संयुक्तरुपमा क्लबको भवन निर्माणका लागि जग्गा सहयोग गर्नुभएको हो । उर्लाबारी नगरपालिका–६ का वडाध्
Open

Expert Education Dang

Close