Dangkhabar – Page 354 – दाङ खबर
Global Luja Dang

Author: Dangkhabar

प्रदेश ५ को नीति कार्यक्रम : समृद्ध प्रदेश खुसी जनता देखि घोराही– तुलसीपुरमा विद्युतीय वस सेवासम्म

प्रदेश ५ को नीति कार्यक्रम : समृद्ध प्रदेश खुसी जनता देखि घोराही– तुलसीपुरमा विद्युतीय वस सेवासम्म

दाङ जेठ २५-प्रदेश ५ को नीति कार्यक्रम अाज सार्वजनिक गरिएकाे छ । प्रदेशकाे समृद्धि र विकासका लागि नीति तथा कार्यक्रममा धेरै अाशा लाग्दा विषयहरु समेटिएका छन् । नीति तथा कार्यक्रमकाे बिस्तृत रुप । प्रदेश सभाको बैठकमा माननीय प्रदेश प्रमुख श्री उमाकान्त झाज्यूद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७५/०७६ को प्रदेश नं. ५ प्रदेश सरकारको नीति कार्यक्रम माननीय सभामुख महोदय, १. यस गरिमामय सभा समक्ष प्रदेश सरकारको आर्थिक वर्ष २०७5/७६ को नीति कार्यक्रम सम्बोधन गर्न पाउँदा म गौरवान्वित भएकोछु । २. प्रदेश सभा र प्रदेश सरकार नेपाली जनताको त्याग, बलिदान र लामो संघर्षको उपलब्धि हो । बलिदानीपूर्ण जनसंघर्षबाट प्राप्त र ऐतिहासिक संविधान सभाबाट तर्जुमा भई जारी भएको नेपालको संविधान अनुसार स्थापित प्रादेशिक र स्थानीय तहका अधिकारहरुलाई अभ्यास गर्ने अभियान अघि बढिरहेको यस अवसरमा म लोकतन्त्र प्राप्तिको लामो संघ
यात्रुबहाक बस दुर्घटना हुँदा एकको मृत्यु, ३१ जना गम्भिर घाइते

यात्रुबहाक बस दुर्घटना हुँदा एकको मृत्यु, ३१ जना गम्भिर घाइते

शिवु खनाल, देउखुरी, जेठ २५ । जनकपुर देखि नेपालगन्ज जाँदै गरेको ना ५ ख १८२९ न यात्रु बाहक बस दाङको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना हुदा ३३ जना यात्रुहरु घाइते भएका छन । आज बिहान् करिब साढे ६ बजे उक्त बस तिब्रगतिमा भएको कारण दुर्घटना भएको यात्रुहरुले बताएका छन् । सोही बसमा सवार जनकपुरमा बसेर स्टाफ नर्स पढ्दै गरेकी दैलेख नयाँ बजारकि तारा कार्कीका अनुशार ड्राइभरले बिस्तारै चलाउन नमानेकोले अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिइन् । दुर्घटनामा भारत लक्खिमपुरकी पाँच बर्षिय मोहम्मद नुर्बिनको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । दुर्घटनामा १ जनाको ज्यान जानुको साथै ३१ जना घाइते भएका छन । उक्त बसमा ३३ जना यात्रु सवार थिए । खचाखच यात्रुले भरिएको उक्त बस सडक बाट खोलामा खसेको थियो । ११ जना गम्भीर घाइते, १२ जना मध्यम र सामान्य घाइते ८ जना भएका छन । घाइते मध्य २६ जना
अाजदेखि विश्व रक्तदाता दिवस शुरु

अाजदेखि विश्व रक्तदाता दिवस शुरु

काठमाडौँ, जेठ २५- विश्व रक्तदाता दिवसका अवसरमा रक्तदानसम्बन्धी जनचेतनामूलक जानकारी दिने उद्देश्यले आजदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । ब्लड डोनर्स एशोसिएशन, नेपालको मुख्य आयोजनामा विभिन्न संघसंस्थाको संमन्वयमा आजदेखि यही जेठ ३१ गतेसम्म रक्तदानसम्बन्धी विभिन्न कार्यक्रम हुँदैछ । प्रत्येक वर्ष जुन १४ मा पर्ने उक्त दिवसका सन्दर्भमा रक्तदानसम्बन्धी महिला अन्तक्र्रिया हुँदैछ भने शनिबार बृहत् रक्तदान तथा नेगेटिभ रक्तसमूह अन्तक्र्रिया हुनेछ । यही जेठ २७ गते युवा रक्तदाता भेटघाट, २८ गते उपत्यकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, २९ गते उपत्यकाव्यापी विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, ३० गते रक्तदान जनचेतना ¥याली र जेठ ३१ गते बृहत् रक्तदान, विश्व रक्तदाता दिवस मूल समारोह कार्यक्रम तथा दीपप्रज्वलन कार्यक्रम रहेको छ । एशोसिएशनका कार्यबाहक अध्यक्ष रमेशध्वज बस्नेतले रगतको
श्रीमानले गरे श्रीमतीको हत्या

श्रीमानले गरे श्रीमतीको हत्या

लहान, जेठ २५-  सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमती ३५ वर्षीया सविता यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । घटनास्थलमा हत्या गर्न प्रयोग भएको घरेलु हतियार भेटिए पनि हत्यामा संलग्न परमेश्वर फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजन भेटवालले जानकारी दिनुभयो । सविताको शव परीक्षणका लागि जिल्ला अस्पताल, सिरहा पठाइएको प्रहरीले जनाएको छ । नेपाल—भारत सीमाबाट करीब ५०० मिटरको दूरीमा मात्र रहेको घटनास्थलबाट अभियुक्त यादव सीमापार हुनसक्ने सम्भावना रहेकाले सीमा क्षेत्रमा सशस्त्र र जनपद प्रहरीको गस्ती टोली परिचालन गरी कडाइ गरिएक
प्रदेश पाँचले आज  नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

प्रदेश पाँचले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

रुपन्देही, जेठ २५ – प्रदेश नम्बर पाँचको नीति तथा कार्यक्रम शुक्रबार प्रदेश सभाको बैठकमा प्रस्तुत हुँदैछ । दिउँसो १ बजे बोलाइएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को लागि नीति तथा कार्यक्रम पेश गर्नुहुने कार्यसूची रहेको छ । मन्त्री परिषदको विहीबारको बैठकले शुक्रबार पेश हुने नीति तथा कार्यक्रम पारित गरी प्रदेश प्रमुख उमाकान्त झालाई नीति तथा कार्यक्रम वाचनका लागि अनुरोध गर्ने निर्णय गरेको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षमा समावेश भएका कार्यक्रमलाई अद्यावधिक गरी नयाँ र विशेष कार्यक्रम समेटिने बताइएको छ । उज्यालाेबाट
जनकपुरबाट नेपालगञ्ज हिडेको वस दुर्घटना हुँदा एक बालिकाको  मृत्यु पुष्टि, क्षतिको विवरण आउन बाँकी

जनकपुरबाट नेपालगञ्ज हिडेको वस दुर्घटना हुँदा एक बालिकाको मृत्यु पुष्टि, क्षतिको विवरण आउन बाँकी

दाङ, जेठ २५ । बस दुर्घटना हुँदा दाङमा एकजनाको मृत्यु भएको छ । जनकपुरबाट नेपालगन्जका लागि छुटेको वस जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा दुर्घटना भएको थियो । बस चालक निदाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले क्षतिको पूर्ण विवरण आर्इ नसकेको जनाएको छ । बिहान साढे ६ वजेतिर भएको दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको पुष्टि भएको छ । दुर्घटनामा धेरै यात्रु घाइते भएका छन् । ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परि १ वालिकाको मृत्यु भएको पुष्टि भएको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । बस चलाउँदा चलाउदै चालक निदाएको घाइतेको भनाई छ ।
प्लम्बर तालिम पछि व्यवसायीक बन्ने सपना

प्लम्बर तालिम पछि व्यवसायीक बन्ने सपना

दाङ, जेठ २५ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का दीलबहादुर सार्कीले प्लम्बर तालिम लिए पछि खुशी ब्यक्त गरे । धेरै युवाहरुसंग हातमा सिप नभएकै कारण बेरोजगार बस्नुपर्ने बाध्यता रहेको सुनाउँदै उनले अहिले माग बढ्दै गैरहेको प्लम्बर तालिम लिए पछि आफुले यसै पेसालाई व्यवसायीक बनाउने बताए । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को आर्थिक सहयोगमा दाङ मिडिया प्रालीले आयोजना गरेको ७ दिने प्लम्बर तालिममा वडाका ३० जना सहभागी थिए । पछिल्लो समय प्राविधिक ज्ञान र सिपको आबस्यकता रहेको भन्दै तालिमका सहभागीहरुले तालिममा सहभागी हुन पाएकोमा खुशी ब्यक्त गरेका थिए । ‘आफ्नै दैनिक जीवनमा आईपर्ने घरेलु समस्या समाधान गर्न देखि लिएर यसै पेसालाई व्यवसायीक दिन सकिने रहेछ ।’ मनोज चौधरीले भने, ‘यो आधारभुत तालिमले मात्र व्यवसायीक बन्न नसकिएला तर बाटो देखाउने काम भएको छ ।’ दाङ जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयक
सर्पको डसाइबाट महिलाको मृत्यु

सर्पको डसाइबाट महिलाको मृत्यु

पर्सा, जेठ २५-  सर्पको डसाइबाट पर्सा जिल्लामा बिहीबार एक महिलाको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । घर नजिकै काम विशेषले गएकी कलपति देवीलाई विषालु सर्पले डसेको थियो । सर्पदंशले बिरामी भएकी कलपति देवीलाई उपक्षेत्रीय अस्पतालमा भर्ना गराए पनि उनको ज्यान जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । कलपति देवीलाई अस्पताल ल्याउन ढिलाइ भएको र कुन सर्पले डसेको भन्ने बारेसमेत खुल्न नसकेको चिकित्सकले बताएका छन् । मृतक महिलाको शव परिवारको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेशमा ११० नयाँ कुष्ठरोगी फेला

कर्णाली प्रदेशमा ११० नयाँ कुष्ठरोगी फेला

सुर्खेत, जेठ २४-  कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् । एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत पदम केसीले जानकारी गराउनुभयो । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा फेला परेका छन् । जिल्लामा एक वर्षको अवधिमा ३१ जना बिरामी फेला परेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, जाजरकोटमा २४, सल्यानमा १४, रुकुम र कालीकोटमा १०/१० जना नयाँ बिरामी फेला परेको निर्देशनालयले जनाएको छ । यस्तै, दैलेखमा सात, जुम्ला र मुगुमा पाँच÷पाँच जना, हुम्लामा तीन र डोल्पामा एकजना नयाँ बिरामी फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । निर्देशनालयका अनुसार पहाडीभन्दा पनि तराईका जिल्लामा क
तीन वर्षमा बाढीपीडितमुक्त बनाइने

तीन वर्षमा बाढीपीडितमुक्त बनाइने

बर्दिया, जेठ २४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बबई नदीको जब्दीघाटको पुल तत्काल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यहाँ गरिएको अनुगमनका क्रममा उहाँले भौतिक तथा पूर्वाधार मन्त्रालयसँगको समन्वयमा पुल निर्माण अघि बढाइने बताउनुभयो । उहाँले बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र गतिमा भएकामा सन्तोष व्यत्त गर्दै पूर्व र पश्चिम गरी निर्माणाधीन ४३ किलोमिटर नहरले अन्न उत्पादनमा व्यापक बढोत्तरी ल्याउने बताउनुभयो । मन्त्री पुनले भेरी बबई डाइभर्सन सम्पन्न भएपछि बर्र्दियाको ८० प्रतिशत जमीनमा सिँचाइ सुविधा पुग्ने जिकिर गर्नुभयाो । अनुगमनका क्रममा उहाँले बबई–भादा औरही नदी व्यवस्थापन आयोजनाले २१ ठेक्कामा २७ आयोजना रु तीन अर्ब ९२ करोड लागतमा काम गरिरहेकामा सन्तोष व्यक्त गर्नुभयोे । बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरिएको तटबन्धनले तीव्रता पाएको छ । दीर्घक
Open

Expert Education Dang

Close