Dangkhabar – Page 2 – दाङ खबर
Global Luja Dang

Author: Dangkhabar

मौसम अपडेट

मौसम अपडेट

दाङ असार ८ । लामाे खडेरीपछि गएरातिबाट दाङसहित देशका विभिन्न स्थानमा पानी गरेकाे छ । माैसमकाे अपेक्षा गरिरहेका कृषकहरु पानी परेपछि राहतकाे सास फेरेका छन् । यता आज देशभर पानी पर्ने र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । ठूलो वर्षा हुनसक्ने भएकाले बाढीपहिरोबाट सतर्क रहन पनि मौसमविद्ले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार मध्य र पश्चिमका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना भएको बताएको छ । सोमबार र मंगलबार पनि ठूलो वर्षाको सम्भावना कायम रहन सक्ने मौसमी संकेत भएकाले सतर्क रहन आग्रह गरेको बताएको छ । भारी वर्षाका कारण कतिपय ठाउँमा बाढीपहिरोकोे जोखिम भएकाले सतर्कता अपनाउन र यात्रामा निस्कँदा पनि मौसम विचार गरेर मात्र निस्कन मौसम विभागले सुझाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका मध्य र पश्चिमी
वर्षा नहुँदा मारमा किसान

वर्षा नहुँदा मारमा किसान

दाङ, असार ८ । पानी नपरेपछि दाङ देउखुरीका किसानले धुले ब्याड राख्न थालेका छन् । असार लागिसक्दा पनि मनसुन सुरु नहुँदा किसान चिन्तित भएका छन् । गत वर्षहरूमा रोपाइँ सुरु हुने यो समयमा मनसुन सुरु नहुँदा किसानले धुले ब्याड राखेर मनसुनको प्रतीक्षामा छन् । राप्ती नदीले सिँचाइ हुने प्रगन्ना कुलो सिँचाइ क्षेत्र अन्तर्गतका राप्ती गाउँपालिकाका केही स्थानमा रोपाइँ सुरु भइसकेको छ । त्यसबाहेक लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका क्षेत्रमा रोपाइँ सुरु भएको छैन । दाङ उपत्यकामा भने देउखुरीको तुलनामा ढिलो रोपाइँ हुने गर्दछ । किसान मनसुन सुरु नहुँदा चिन्ता व्यक्त गर्न थालेका छन् । गत वर्षहरूमा यो समयमा ब्याड रोप्ने भइसकेको हुन्थ्यो यस वर्ष धुले ब्याड राखिएको छ, पानी परेको छैन यही अवस्थामा कसरी रोपाइँ होला ? लमही नगरपालिका–६, देउपुरका कालीप्रसाद चौधरीले भन्नुभयो । यसो त लमही–६ कै दोलेन्द्र
छोरी जन्मिए बैंक खाता

छोरी जन्मिए बैंक खाता

सिमकोट, असार ८ । कर्णाली प्रदेश सरकारले दश वटै जिल्लामा छोरी जन्मिएपछि एक हजारको बैंक खाता संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा यस्तो कार्यक्रम ल्याए पछि नयाँ आर्थिक वर्ष सुरु भएपछि अब कर्णाली प्रदेशका जुन घरमा छोरी जन्मन्छन ती सबैको प्रदेश सरकारले बैंक खाता संचालन गर्ने भएको हो । छोरी जन्मने बित्तिकै एक हजारको बैंक खाता र त्यसपछि २० वर्षसम्म प्रति महिना पाँच सयका दरले पैसा उक्त खातामा जम्मा गरिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताउनुभयो । पार्टीको कामको शिलशिलामा हुम्लामा रहनु भएका मुख्यमन्त्री शाहीले आगामी वर्षको बजेटका बारेमा संचारकर्मीलाई जानकारी दिने क्रममा सो कुरा बताउनु भएको हो । कर्णालीमा बाल विवाह बढ्दो अवस्थामा रहेको र कानूनले बीस वर्ष पछि मात्रै विवाह गर्नु पर्ने नियम अनुसार यसलाई कार्यान्वयन गर्न पनि यो कार्यक्रम सहयोगी हुने मुख्यमन्त्री
पर्यटन विकासमा मुख्यमन्त्रीको चासो

पर्यटन विकासमा मुख्यमन्त्रीको चासो

दाङ, असार ७ । दाङ, असार ७ । दाङको पर्यटन प्रबद्र्धन र विकासतर्फ प्रदेश सरकारले चासो देखाएको छ । कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेशको समृद्धिको यात्रा तय गरेको प्रदेश सरकारले हालै सार्वजनिक वजेटमा जिल्लाको पर्यटनको विकासका लागि १५ करोड वजेट विनियोजन गरेको मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्रीका स्वकिय सचिव सुरेश गौतमले जानकारी दिनुभयो । जिल्लाको पर्यटनको विकासका लागि मुख्यमन्त्रीको चासो व्यक्त भएको भन्दै स्वकिय सचिव गौतमले आर्थिक वर्ष २०७६/०७७ को प्रदेश सरकारको वजेटमा १४ करोड र केन्द्रीय सरकारको सशत्रबाट १ करोड १५ लाख गरी १५ करोड १५ लाख वजेट विनियोजन गरेको जानकारी दिनुभयो । स्वकिय सचिव गौतमका अनुसार दाङको घोरदौरामा सांस्कृतिक डवली निर्माणका लागि १ करोड ५० लाख, बाह्रकुने दहमा बहुउद्देश्य पार्क निर्माणका लागि १ करोड ५० लाख, नवदुर्गा सामुदायिक वन तुलसीपुरमा आधुनिक पार्क
बोलेरो जिप दुर्घटनामा पाँचको मृत्यु १० जना घाइते

बोलेरो जिप दुर्घटनामा पाँचको मृत्यु १० जना घाइते

धादिङ असार ७ । गल्छी गाउँपालिका–६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गल्छीको सिरुबानीबाट बैरैनी बजारतर्फ आउँदै गरेको बा१८च ९४०८ नम्बरको जिप दुर्घटनामा परेको पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा परी गल्छी गाउँपालिका–४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेतु मिजार र गल्छी गाउँपालिका–६ की ३० वर्षीया कान्छी भुजेल र ३५ वर्षीया नानु तामाङको घटनास्थलमै तथा २१ वर्षीय सविता अधिकारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । त्यसैगरी, दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते हुनेहरूमा गल्छी गाउँपालिका–४ बस्ने ६२ वर्षीय विष्णु अधिकारी, ३५ वर्षीया सुनिता मिजार, २३ वर्षीया सुजिता अधिकारी, १५ वर्षीय सन्तोष रम्तेल, ७० वर्षीय कृष्ण सार्की, २८ वर्षीया रेनु भण्डारी, ३५ वर्षीय रामकृष्ण प्याकुरेल, २६ वर्षीया शुष
सरकारप्रति सत्तापक्षकै असन्तुष्टि

सरकारप्रति सत्तापक्षकै असन्तुष्टि

काठमाडौं असार ५ । सरकार गठनदेखि नै विवाद र विभाजनमा रहेको सरकार झन पछि झन गर्दै विवादमा पर्दै गएको छ। यस्तो अवस्थामा सत्तारुढ दलबीच नै सरकारको कामलाई लिएर विभाजन सतहमै देखिँदै आएको छ। आजमात्र पोखरा पुगेर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्को पुन:गठनको विषयमा छलफल भइरहेको बताए। 'मन्त्रिपरिषद् पुन:गठनको विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय हो। तर पनि पार्टीको एक अध्यक्षको हैसियतले यस विषयमा हामी दुईबीच छलफल भइरहेको छ,' पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले भनेका छन्, 'फेरि पनि म फर्किएपछि यस विषयमा पनि छलफल हुन्छ। आज भोलि नै हुन्छ भन्ने होइन प्रधानमन्त्रीले जहिले चाहनुभयो त्यहिले नै हुन्छ। तर, पनि बजेट आइसकेपछि केही हेरफेर गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।' पार्टी एकता अन्तिम टुंगोमा नपुगेको अवस्थामा सरकारको काम कारवा
विवादपछि छोराले लगाइदिए आमाकाे घरमा आगो

विवादपछि छोराले लगाइदिए आमाकाे घरमा आगो

बुटवल असार ५ । रुपन्देहीको सैनामैनामा घरायसी विवादका कारण परिवारकै सदस्यले घरमा आगजनी गरेका छन् । सैनामैना १ की कुन्तादेवी घिमिरेको घरमा उनका माइलो छोरा २७ वर्षीय माधव घिमिरेले आगजनी गरेका हुन् । आगजनीबाट माटोको पर्खाल र टिनले छाएको एकतले घर र घरमा रहेका नगद, गरगहना, खाद्यान्न जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय रन्यौरा सैनामैनाका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेका अनुसार दराजमा राखिएको २ लाख ५० हजार रुपैयाँ नगद, ७ तोला सुन, पलङ, टिभी, कपडा समेत गरी आगजनीबाट २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । अंशवण्डाका विषयमा बिहान झगडा भएको र परिवारका सदस्य घरबाट बाहिर निस्केको मौकामा माधवले घरमा आगो लगाएका प्रहरीले जानकारी दिएको छ । आगजनी गर्ने घिमिरेलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
पुलमा हिडिरहेकी महिला एक्कासि नारायणी नदीमा हाम फालिन्

पुलमा हिडिरहेकी महिला एक्कासि नारायणी नदीमा हाम फालिन्

चितवन असार ५– भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी एक्कासि नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाइलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पुलमा छाडेको झोलामा रहेको कागजातका आधारमा ती महिलाको पहिचान खुलेको र उनको खोजी भइरहेको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ । यसअघि असार १ गते राप्ती नगरपालिका वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटा पनि स्कुटरबाट ओर्लेर सोही पुलबाट हाम फालेर बेपत्ता भएकी थिइन् ।
रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका पाँच सय ३२ नेपाली विदेशी जेलमा

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका पाँच सय ३२ नेपाली विदेशी जेलमा

काठमाडौं असार ५-रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन् । कतिपय परिबन्दले पनि जेल पुगेका छन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए । उनका अनुसार रोजगारीको क्रममा परदेशमा रहेका नेपालीमध्ये पाँच सय ३२ जना विभिन्न आरोपमा जेलमा छन् । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
अफिमसहित पाँच जना पक्राउ

अफिमसहित पाँच जना पक्राउ

राँझा, असार ४ । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो ५०० ग्राम अफिमसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आज बिहान ९ बजे पुरैनीस्थित बाबाकुटीमा लागुऔषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको सुरक्षाकर्मीले लागऔषधसहित कारोवारमा संलग्नलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले लागुऔषध अफिम पक्राउ गरेको पुष्टि गरे । आज साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत अभियुक्तहरुलाई सार्वजनिक गरिने उनले जानकारी दिए । पक्राउ पर्नेमा भेरी नगरपालिका–९, खलङ्गा, जाजरकोटका २५ वर्षीय राजेन्द्र विश्वकर्मा, पुथा गाउँपालिका–२ पूर्वी रुकुमका ५९ वर्षीया शर्मिला मगर, नलगाढ गाउँपालिका–९ जाजरकोटका २५ वर्षीय वीरबहादुर नेपाली, सोही ठाउँका ५० वर्षीय पृथ्वीबहादुर विश्वकर्मा र पञ्चपुरी नगरपालिका–९, खुर्सानीबारी, सुर्खेतका ५९ वर्षीय अम्मरबहाद
Open

Expert Education Dang

Close