Global Luja Dang

Author: Dangkhabar

आजको  सुनकाे मूल्य ५९ हजार ४ सय

आजको सुनकाे मूल्य ५९ हजार ४ सय

काठमाडौं, जेठ ८ । सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भइरहेको थियो।
विप्लवमाथिकाे धरपकड जारी

विप्लवमाथिकाे धरपकड जारी

जाजरकोट  जेठ ८ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भेरी ब्युरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन्। मंगलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ। कुशे गाउँपालिका–२ घर भई विप्लव समूहमा लागेर विभिन्न गतिविधि गर्दै आएका जैशीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्लाको शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै उनलाई पक्राउ गरिएको जाजरकोट प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए। यसभन्दा अगाडि विप्लव समूहका तीन कार्यकर्ता जाजरकोटमा पक्राउ परिसकेका छन्। प्रतिबन्धित क्रियाकलाप गरेको भन्दै जैशीलाई पक्राउ गरिएको खत्रीले बताए।
पाँचथर हत्या प्रकरणमा

पाँचथर हत्या प्रकरणमा

फिदिम जेठ ८ । श्रीमती मनकुमारी फियाकसँग सम्बन्ध विच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका परिवारका ९ सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । सम्बन्ध विच्छेदको निहुँमा पाँचथरको मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ जनाको सोमबार राति विभत्स हत्या भएको प्रहरीले स्थलगत अध्ययनपछि जनाएको होे । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले सङ्घीय प्रहरी एकाइ धरानको टोलीसमेतको प्रारम्भिक अनुसन्धानबाट माखिमले नौ जनाकै हत्या गरेको देखिएको बताए । सोमबार राति फियाक र शेर्माको घरमा रहेका नौ जनाको विभत्स हत्या भएको थियो । स्थानीय बासिन्दाका अनुसार फियाक र शेर्माका परिवार आर्थिकरुपमा निम्न स्तरको रहेकाले परिवारका सदस्यहरुको रिसइबीका कारणले मात्रै घटना भएको हुनसक्ने स्थानीयको भ
परिवारमै क्रुरता बढ्दै

परिवारमै क्रुरता बढ्दै

काठमाडौं, जेठ ८ । सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये झण्डै ४० प्रतिशत आफन्तबाटै भएका छन् । समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता विश्वराज पोखरेल बताउँछन् । गत साउनदेखि माघसम्म सात महिनामा देशभर ४९२ व्यक्तिको हत्या भएको तथ्यांक छ । जसमध्ये १४४ हत्या आफन्तबाटै भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । सो अवधिको तथ्यांकअनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन् । –नयाँ पत्रिका दैनिकबाट
पाँचथर हत्या प्रकरणमा

पाँचथर हत्या प्रकरणमा

पाँचथर जेठ ८ । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या प्रकरणमा ज्वाइँको शंलग्नता रहेको आशंकाले बल पुग्ने प्रमाणहरु भेटिएको छ । नौ जनाको शव भेटिएको स्थानबाट करिब २ घण्टाको पैदल दुरीमा ज्वाईं मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा उनको शव भेटिएको स्थान नजिकै रगतमा लतपतिएको खुकरी, दाप र लुगा फेला परेको १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालले जानकारी दिए । उनले भने ‘ खुकुरी हत्या प्रयोग भएको हो, होइन अनुसन्धानबाट खुल्छ ।’ डीआईजी रिजालका अनुसार ससुरा र श्रीमतीस“ग बेमेल भएका कारण प्रहरी अनुसन्धान कान्छा ज्वाईं मानबहादुर तिर सोझिएको थियो । तर उनले पनि आत्महत्या गरेपछि संलग्नताको विषय सबुत प्रमाणहरुका आधारबाट खुल्ने उनले बताए ।
गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न

गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न

भैरहवा, जेठ ८ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ ।विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । धावन मार्गको चार तहको कालोपत्रे सकिएसँगै अव लाइटिङ र मार्किङको काम सुरु हुनेछ । राष्ट्रिय गौरवका आयोजना मानिएको गौतमबुद्ध विमानस्थल सन् २०१९ भित्रै निर्माण सम्पन्न गरी उडान अवतरण सुरु गर्ने लक्ष्य राखिएको छ । निकै कठिनाइ भए पनि धावनमार्गको काम सफलतापूर्वक सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । यसअघि ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा केही दिन काम रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले बजेट दिएपछि रनवे निर्माणले पुनः तीव्रता पाएको थियो । निर्माण सम्पन्न भएसँगै अब सो रनवेमा आपतकालीन र परीक्षण उडान गर्न सकिने भएको छ । रनवे निर्माणको जिम्मा चिनिय
पाँच वर्ष भित्र तीन सरकारी मेडिकल कलेज सञ्चालनमा आउने

पाँच वर्ष भित्र तीन सरकारी मेडिकल कलेज सञ्चालनमा आउने

काठमाडौँ , जेठ ८ । सरकारले बर्दिवास, बुटवल र सुर्खेतमा मेडिकल कलेज सञ्चालनका लागि प्रारम्भिक कार्य तीव्र गतिमा अगाडि बढाएको छ । यहि गतिमा काम भए आगामी दुइवर्षभित्र तीनसय शैयाको अस्पताल र पाँच वर्षभित्र मेडिकल कलेज पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने नीति अनुसार प्रदेश २ को बर्दिवास, प्रदेश ५ को बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज सञ्चालन गर्न लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले तीनवटै स्थानमा आगामी पाँच वर्षभित्र मेडिकल कलेज सञ्चालन गर्ने गरी काम अघि बढेको जानकारी दिनुभयो । बुटवल र बर्दिवासमा कलेज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको छ, केसीले भन्नुभयो,“सुर्खेतमा पनि केही समयपछि द्रुत गतिमा काम अघि बढ्नेछ ।” बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजन
किशोरीलाई विद्यालयमै निःशुल्क प्याड

किशोरीलाई विद्यालयमै निःशुल्क प्याड

रुकुम जेठ ७ । त्रिवेणी गाउँपालिका–६ मा रहेको जनशक्ति मावि विताडाँडाका छात्राका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइएको छ । गाउँपालिकाले किशोरीका लागि प्याड उपलब्ध गराएको हो । विद्यालयको ३५ औँ अभिभावक भेलामा किशोरीहरुले माग गरेपछि प्याड उपलब्ध गराइएको वडाध्यक्ष राजेन्द्र पुनले जानकारी दिए । अहिले तत्काललाई ५५ थान प्याड विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए । प्याडसहित प्राथमिक उपचारका सामग्री पनि उपलब्ध गराइएको वडाध्यक्ष पुनले जानकारी दिए । उनका अनुसार आवश्यकताका आधारमा आगामी दिनमा प्याडसहित प्राथमिक उपचारका सामग्री उपलब्ध गराइनेछ । विद्यालयमा प्याडको व्यवस्था नहुँदा विद्यालय छाड्नुपर्ने बाध्यता रहेको भन्दै किशोरीहरुले प्याडको माग गरेको र यो माग आफूले गाउँपालिकामा राखेपछि प्याडको व्यवस्था गरिएको वडाध्यक्ष पुनको भनाइ छ । विद्यालयमै निःशुल्क रुपमा प्याड पाइने भएपछि विद्यालयमा अध
पाँचथर रहस्यमय हत्याकान्ड

पाँचथर रहस्यमय हत्याकान्ड

काठमाडौं जेठ ७ । पाँचथरको मिक्लाजुङ गाँउपालिकामा सोमबार राति भएको हत्याकान्डमा प्रहरीले मृतक बमबहादुर फियाकका कान्छा ज्वाईँ मान बहादुर माखेमको संलग्नता आशंका गर्दै अनुसन्धान अगाडि बढाएको छ। माखेम मंगलबार बिहान मिक्लाजुङमै झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए। माखेम, बमबहादुरका कान्छा ज्वाईँ हुन्। मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राती बमबहादुरको परिवारका ४ जना र उनका ज्वाईँ धनराज शेर्मासहित उनका परिवारका पाँच जनाको धारिलो हतियारले विभत्स हत्या भएको थियो । हत्याकान्डमा माखेमकी श्रीमती मनकुमारीको समेत हत्या भएको छ। माखेम र मनकुमारीबीच अदालतमा सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनीहरुबीच विगत ५/६ वर्षयता सम्बन्ध राम्रो नरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरुबाट दुई सन्तान जन्मिए पनि ती दुवै बाँचेका थिएनन् । मनकुमारी पछिल्लो समय माइतमा बस्दै आएकी थिइन्। माखेम म
रहस्यमय आरुबोटे नरसंहार अपडेट

रहस्यमय आरुबोटे नरसंहार अपडेट

काठमाडौं जेठ ७ । पाचँथर जिल्लाको मिक्लाजुङ गाउँपालिका– ३, आरुबोटेमा गएराति भएको सामुहिक नरसंहारको थप अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । मध्यरातको समयमा मुखुण्डो लगाएर आएको अज्ञात समूहले दुई परिवारका नौ जनाको हत्या गरेको थियो । उक्त घटनाको विस्तृत अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका बरिष्ठ प्रहरी उपरीक्षक शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जानकारी दिएको छ । स्रोतका अनुसार घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले पनि गर्ने छ । मंगलवार विहान मिल्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई घरको परिवारका ९ जनाको शव भेटिएको थियो ।
Open

Expert Education Dang

Close