दाङ खबर – दाङ खबर
Global Luja Dang

Author: दाङ खबर

मुख्यमन्त्री शंकर पाेखरेलले आर्थिक बर्ष ०७६/०७७ काे बार्षिक बजेट प्रस्तुत (फोटो फिचर)

मुख्यमन्त्री शंकर पाेखरेलले आर्थिक बर्ष ०७६/०७७ काे बार्षिक बजेट प्रस्तुत (फोटो फिचर)

काठमाडौं । प्रदेश नं. ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ । यसपटकको बजेटमा पूर्वाधार, कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ । बजेटको पूर्णपाठ :
प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड : पूर्वाधार, कृषि र पर्यटनमा प्राथमिकता (पूर्णपाठ)

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड : पूर्वाधार, कृषि र पर्यटनमा प्राथमिकता (पूर्णपाठ)

काठमाडौं । प्रदेश नं. ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ । यसपटकको बजेटमा पूर्वाधार, कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ । बजेटको पूर्णपाठ :
गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड

कास्की, असार १ गते । गण्डकी प्रदेशले आउँदाे आर्थिक वर्षका लागि ३२ अर्ब १३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटको ३८ प्रतिशत अंश अर्थात १२ अर्ब २८ करोड चालु खर्चमा रहेको छ भने ६२ प्रतिशत अंश अर्थात १९ अर्ब ८४ करोड रुपैयाँ पूँजीगत खर्चको लागि विनियोजन गरिएको छ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६ अर्ब ७३ करोड रुपैयाँको न्यून बजेट पेश गरेको छ । न्यून बजेट मध्ये ४ अर्ब ४० करोड चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च हुन नसकेर बाँकी रहेको रकमबाट बेहोर्ने योजना रहेको अर्थमन्त्री गुरुङले बताउनुभयो । बाँकी रकम आन्तरिक ऋण र नेपाल सरकारबाट माग गर्ने योजना छ । गण्डकी प्रदेश सरकारले अन्य अञ्चल तथा प्रदेशमा दर्ता भएको सवारी साधन अञ्चलीकरण गरी गण्डकी प्रद
प्रदेश १ मा ४२ अर्ब २० करोडको बजेट

प्रदेश १ मा ४२ अर्ब २० करोडको बजेट

विराटनगर, असार १ । प्रदेश १ सरकारले आइतबार ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ। कुल विनियोजन मध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३ दशमलव ९ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ४३ हजार अर्थात् ५५ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरिएको छ। वित्तिय व्यवस्थातर्फ ८ करोड अर्थात शून्य दशमलव २ प्रतिशत बजेट विनियोजन भएको छ। अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरिएको छ। प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आइतबार आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गरेका हुन्। बजेटले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड आगामी आर्थिक वर्षका लागि अनुमान गरिएक
राजधानीमा भारतीय शैक्षिक मेला हुँदै

राजधानीमा भारतीय शैक्षिक मेला हुँदै

काठमाडौं, जेठ १९ गते । ‘भारतीय शैक्षिक मेला २०१९’ आगामी जेठ अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तलामा आगामी जेठ ३१ र ३२ गते (१४ र १५ जुन) उक्त शैक्षिक मेला आयोजना हुन लागेको हो । ‘स्टडी इन इण्डिया’ भन्ने स्लोगनका साथ आयोजना हुन लागेको शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी दिएको छ । प्लस टु तथा स्नातक दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरिएको एक्स्पो दुई दिनसम्म सञ्चालन हुने छ । एक्स्पोमा भारतमा अध्ययन गर्न उपयुक्त विषय, त्यसको प्रभाव र अध्ययनका लागि आवश्यक तयारीका बारेमा जानकारी दिइने आयोजक संस्था इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले जानकारी
किशोरीलाई विद्यालयमै निःशुल्क प्याड

किशोरीलाई विद्यालयमै निःशुल्क प्याड

रूकुम, जेठ ७ । त्रिवेणी गाउँपालिका–६ मा रहेको जनशक्ति मावि विताडाँडाका छात्राका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराइएको छ । गाउँपालिकाले किशोरीका लागि प्याड उपलब्ध गराएको हो । विद्यालयको ३५औँ अभिभावक भेलामा किशोरीहरुले माग गरेपछि प्याड उपलब्ध गराइएको वडाध्यक्ष राजेन्द्र पुनले जानकारी दिनुभयो । अहिले तत्काललाई ५५ थान प्याड विद्यालयलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । प्याडसहित प्राथमिक उपचारका सामग्री पनि उपलब्ध गराइएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यकताका आधारमा आगामी दिनमा प्याडसहित प्राथमिक उपचारका सामग्री उपलब्ध गराइनेछ । विद्यालयमा प्याडको व्यवस्था नहुँदा विद्यालय छाड्नुपर्ने बाध्यता रहेको भन्दै किशोरीहरुले प्याडको माग गरेको र यो माग आफूले गाउँपालिकामा राखेपछि प्याडको व्यवस्था गरिएको वडाध्यक्ष पुनको भनाइ छ । विद्यालयमै निःशुल्क रुपमा प्याड पा
‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौँ, जेठ १ गते । ग्रान्डी अस्पतालले राजधानीमा निःशुल्करुपमा ‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्त्री तथा प्रसुति विभागले पहिलो पटक गर्भवती महिला र शिशुको स्वास्थ अवस्था र हेरचाह सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । बुधबार सम्पन्न सो कार्यक्रममा ‘गर्भ संस्कार’ सम्बन्धी ८ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा डा. बन्दना श्रेष्ठले गर्भाअवस्थामा शारिरिक क्रियाकलाप, डा. आभा शाक्यले गर्भाअवस्थामा पौष्टिक खानपान, डा. समिरा सफि खानले गर्भाअवस्थामा हुने स्वास्थ्य जटिलता, डा. विनोद विजुक्छेले गर्भाअवस्थाको समयमा हुने ढाड दुखाई, फिजियो थेरापिष्ट श्रृजना तिमिल्सिनाले गर्भाअवस्थामा गर्न मिल्ने व्यायाम, सिनियर नर्स नारायणी थापा र कृष्णा पर्जापतीले नवजात शिशु तथा आमा स्याहार र स्
हावाहुरी प्रभावित क्षेत्रका बालबालिकालाई राहत सामग्री वितरण

हावाहुरी प्रभावित क्षेत्रका बालबालिकालाई राहत सामग्री वितरण

बारा, बैशाख २९ गते । बालबालिकाका क्षेत्रमा काम गदैँ आएको किवानिज इन्टरनेशनल नेपालले विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रका बालबालिकालाई राहत सामग्री वितरण गरिएको छ । बारा जिल्लामा हावाहुरी प्रभावित करिब ३ सय ७५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग सहित स्टेशनरि सामाग्रीका साथै पौष्टिक आहारा वितरण गरेको किवानिज सिन्धुपाल्चोकका अध्यक्ष सुजित बस्नेतले जानकारी दिनुभयो । किवानिज सिन्धुपाल्चोक, कान्तिपुर, ठमेल, महानगर, काठमाडौ लगायतका क्लबबाट आर्थिक सहयोगमा बारा जिल्लाको फेटा गाउँपालिका वडा नं १ अन्तरगत भरबलिया प्रावि र नेपाल प्राविका विद्यार्थीलाई यस्तो सहयोग एक कार्यक्रमका बीच वितरण गरिएको हो । राहत वितरण कार्यक्रमममा किबानिज इन्टरनेशनलका अध्यक्ष सुजनकुमार श्रेष्ठ, किवानिज इन्टरनेशनल नेपालका उपाध्यक्ष तथा किवानिज क्लव अफ काठमाडौँका अध्यक्ष एकराज पन्त, किवानिज इन्टरनेशनल नेपालका क्षेत्रग
ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न

ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न

नेपालमा आफ्नो उत्पादन प्रवद्र्धन गर्न ताइवानी उत्साहित काठमाडौँ, वैशाख ५ गते । ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएका व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरीय अन्तक्रिया सम्पन्न भएको छ । ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायरहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यती होटलमा नेपाली व्यवसायीहरूसँग आइतबार प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तक्रिया गरेका छन् । काउन्सिलको नेतृत्वमा नेपाल आएका सात सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलले नेपालमा आफ्नो उत्पादनको बिक्री तथा प्रवद्र्धन गर्न उत्साहित भएको बताएका छन् । कार्यक्रममा एक सय भन्दा बढी नेपाली व्यापारी तथा खरिदकर्ता सो अन्तरक्रियामा सहभागिता रहेको नेपालका लागि सम्पर्क व्यक्ति दर्शन न्यौपानेले बताउनुभयो । उहाँले प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा सौर्य ऊर
जन्मदिनमा अशक्त बालबालिकाका लागि सहयोग

जन्मदिनमा अशक्त बालबालिकाका लागि सहयोग

काठमाडौँ, चैत २९ गते । किवानिज क्लव हेरिटेजले अशक्त बालबालिकालाई स्टेसनरी सामग्री वितरण गरेको छ । काठमाडौँ बसुन्धारामा रहेको इडक नेपाल बाल आश्रममा रहेका ८४ जना अशक्त बालबालिकालाई एक कार्यक्रम आयोजना गरि सो सहयोग गरिएको हो । किवानिज इन्टरनेशनल नेपालका उपाध्यक्ष तथा किवानिज क्लव अफ काठमाडौँका अध्यक्ष एकराज पन्तकी छोरी अनुष्का पन्तको जन्मदिनको अवसर पारेर सो बाल आश्रममा रहेका अशक्त बालबालिकालाई आवश्यक पर्ने स्टेसनरी र खाद्यान्न सामग्री हस्तारण गरिएको हेरिटेज क्लवका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजन कुमार श्रेष्ठले सहयोग सामग्री हस्तान्तरण गदैँ किवानिज नेपाल बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न बालबालिकाका क्षेत्रमा अग्रसर रहेको बताउनुभयो । किवानिज इन्टरनेशनल नेपालका निर्वाचित अध्यक्ष मोहन ल
Open

Expert Education Dang

Close