Victoria College Dang

स्कुलको व्यानर टाँस्दा करेन्ट लागेर कार्यालय सहयोगीको मृत्यु – Page 2018 – दाङ खबर

स्कुलको व्यानर टाँस्दा करेन्ट लागेर कार्यालय सहयोगीको मृत्यु

MadanBhandari College

तुलसीपुर, भदौ ११ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ निवासी ४५ वर्षिय जोगिलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

अमर माध्यमिक विद्यालय उरहरीका कार्यालय सहयोगी चौधरीलाई उक्त विद्यालयको विद्यार्थी भर्ना सम्बन्ध सूचना दिन व्यानर टाँस्दा सोमबार करेन्ट लागेको ईलाका प्रहरी कार्यालयका निमित्त प्रमुख विवेश शाहले जानकारी दिनुभयो ।

करेन्ट लागेर गम्भीर घाइते चौधरीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर पुर्याए लगतै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । चौधरीले २०३८ सालदेखि उक्त विद्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्