देवकला बस्नेतको मायालु रिसाएपछि… – दाङ खबर
Global Luja Dang

देवकला बस्नेतको मायालु रिसाएपछि…

MadanBhandari College

दाङ, भदौ ७ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजको अवसरमा कलाकारहरुले गीति एल्वमहरु सार्वजनिक गरिरहेका छन् ।
वर्षेनी सैयौं तिज गीतहरु वजारमा आउँछन् ।

तीमध्ये केही गीतहरु वजारमा निकै चल्छन् । तर, केही गीत भने त्यतिकै हराएर जान्छन् । नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दङाली चेली देवकला बस्नेतले बजारमा नयाँ तिज गीत ल्याउनुभएको छ । उहाँको गीत अहिले बजारमा हिट भइसकेको छ । यूटूवमा अहिलेसम्म डेढ लाखभन्दा बढीले सो गीत हेरिसकेका छन् ।

देवकलाले भर्खरै बजारमा ल्याएको ‘मायाको रिसाउने बानी, म पनि फकाउन नजाने’ भन्ने बोलको गीत अहिले निकै चर्चाको शिखरमा पुगेको छ । हालसम्म चार ओटा तिज गीत बजारमा ल्याइसक्नुभएकी देवकलाका यस अघिका गीतहरु पनि निकै चर्चामा पुगेका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका निर्वतमान अध्यक्ष समेत रहनुभएकी देवकलाले घोराहीमा देउराली दोहरी साँझ सञ्चालन गर्दै आउनुभएको छ । सो गीतमा लय तथा शब्द खुमन अधिकारीको रहेको छ, भने अभिनय सन्दिप न्यौपाने र करिश्मा ढकालको रहेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close