Global Luja Dang

मुम्बइमा १८ तल्ले भवन आगलागी, ४ जनाको मृत्यु

Birala Tyre Dang

मुम्बइ,  भदौ ६ –   मुम्बइको परेलमा रहेको १८ तल्ले भवनको बाह्रौं तल्लामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ।आगलागीका कारण उत्पन्न भएको धुँवाका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ। मृत्यु हुनेहरुमा एक वृद्धा महिला र तीन जना पुरुष रहेको बताइएको छ।

उक्त भवनमा फसेका ३५ जनालार्इ क्रेनको सहयोगमा उद्दार गरिएको थियो भने घाइते भएका २० जनालार्इ अस्पतालमा भर्ना गरिएको जनाइएका छ।

उक्त भवनको बाह्रौं तल्लाको एक भागमा विद्युतको तारमा आगो लागे पछि धुँवा पुरै भवनमा फैलिएको भारतको फायर डिपार्टमेन्टका अधिकारीहरुले बताएका छन्।

फायर डिपार्टमेन्टका अधिकारीहरुका अनुसार उक्त भवनमा आगलागी भएको खण्डमा आगो निभउने कुनै प्रबन्ध थिएन। त्यसैले उक्त भवनलार्इ असुरक्षित घोषणा गर्दै सोसाइटीविरुद्ध मुद्दा चलाइने भएको छ। हाललार्इ त्यहाँको विद्युत र पानीको आपूर्ति बन्द गरिएको अधिकारीहरुले बताएका छन्।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close