जिल्ला प्रशासन कार्यालय प्यूठानद्वारा सुशासन कार्ययोजना सार्वजनिक – दाङ खबर
Global Luja Dang

जिल्ला प्रशासन कार्यालय प्यूठानद्वारा सुशासन कार्ययोजना सार्वजनिक

Birala Tyre Dang

सुजल श्रेष्ठ
प्यूठान, भदौ १ । जिल्ला प्रशासन कार्यालय प्यूठानले जिल्ला सुशासन कार्ययोजन २०७५ सार्वजनिक गरेको छ । गृह प्रशासन सुधार कार्य योजना २०७४ अनुसार जिल्लाको शान्ति सुरक्षा तथा सुशासन कायम गरी विकासका कार्यलाई सहजीकरण गर्न कार्ययोजना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताउनुभएको छ ।

‘शान्ति सरक्षा र सुशासन, समुन्नत र सभ्य प्यूठान’ ध्येयका साथ सात ‘स’ लाई प्राथमिकतामा राखेर कार्ययोजना बनाइएको छ । सवल शान्ति सुरक्षा, सदाचार र सुशासन, संकट व्यवस्थापन, समन्वय र सहजिकरण, सार्वजनिक सम्पत्तीको संरक्षण, सभ्य समाज निर्माण, सकारात्मक सोचको विकास कार्ययोजनाको प्राथमिकताहरु रहेको छ ।

कार्ययोजनामा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सडक सुरक्षा र नियमन, सेवा प्रवाहमा प्रभावकारिता र सुशासन प्रवद्र्धन, सेवाग्राही मैत्री वातावरणको निर्माण, कारागार सुरक्षा, बजार अनुगमन र उपभोक्ता हित संरक्षणका विषय समेटिएका छन् । त्यस्तै विपद व्यवस्थापन, समन्वय र सहजिकरण, सार्वजनिक सम्पत्तिको संरक्षण, लागुऔषध तथा मदिरा नियन्त्रण, बालहित संरक्षण, सकारात्मक सोचको विकास, अनुगमन र मुल्यांकन कार्ययोजनाका विषय हुन् ।

‘सरोकारवालाहरु बीचको समन्वयमा कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गरिनेछ’, प्रजिअ गैरेले भन्नुभयो, ‘आम नागरिकलाई परिवर्तनको अनुभुति दिलाउने उद्देश्यले कार्ययोजना निर्माण गरिएको हो ।’ कार्ययोजना कार्यान्वयनका लागि सहयोग गर्न उहाँले सरोकारवालालाई आग्रह समेत गर्नुभएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close