सामुदायीक प्रहरी र द व्रेभ गोर्खाका युवाले गरे सफाई – दाङ खबर
Global Luja Dang

सामुदायीक प्रहरी र द व्रेभ गोर्खाका युवाले गरे सफाई

MadanBhandari College

दाङ, भदौ १ । घोराहीको सहिदगेट देखि जिल्ला प्रशासन कार्यालय जाने सडक शुक्रबार सरसफाई गरीएको छ । जथाभावि फालिएको फोहोर, अस्वभाविक रुपमा उर्मिएका झारजंगल र नाली भरिएर पानी बग्न नपाए पछि फैलिएको दुर्गन्धका कारण समस्या हुँदै आएको थियो ।

सडक र नाली सफा गर्नका लागि घोराही उपमहानगरपालिकाको कार्यालयलाई पटक पटक आग्रह गरेपनि काम नभएपछि आफ्नै नेतृत्वमा सरसफाई गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनले बताउनुभयो । सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा जिल्ला प्रहरी कार्यालय दाङ र द ब्रेभ गोर्खा ट्रेनिङ सेन्टर घोराहीसँगको सहकार्यमा सररसफाई गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतम र गोपाल रायमाझीको नेतृत्वमा र द ब्रेभ गोर्खा ट्रेनिङ सेन्टरका सञ्जु केसी, तिलक वली र ईराक घर्ति मगरको नेतृत्वमा रहेको टोलीले सरसफाई भएको हो । सडकमा दायाँबायाँ रहेको नालीमा लामो समय देखि जमेको फोहोर सफाई गरिएको थियो । साल्ट्र ट्रेडिङको जग्गामा सवारी साधन जानकालागि नाला बन्द गरिएपछि दुई महिनादेखी बन्द रहेको नालाले दुर्गन्ध फैलिएको थियो । जसले गर्दा सो सडक भएर हिड्नेहरुलाई नाक बन्द गरेर हिड्नुपर्ने बाध्यता थियो ।

उपमहानगरपालिकालाई पटक–पटक जानकारी गराउदा पनि नाला सफाई नभएपछि जिल्ला प्रहरी कार्यालय र ब्रेभ गोर्खा ट्रेनिङ सेन्टरको सहयोगमा नाला सफाई गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आरके शितलले बताउनुभयो । घोराही उपमहानगरपालिकाले पाक्षिक रुपमा सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएकोमा अहिले सो अभियान रोकिएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close