Global Luja Dang

मुलुकभर अझै केही दिन वर्षा : सतर्क रहन आग्रह

Birala Tyre Dang

काठमाडौँ, साउन २९ । अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ । मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ । यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभए पनि साउन १५ देखि वर्षा राम्ररी भइरहेको छ ।

मनसुन अवधिमा असार १५ देखि साउन १५ सम्म सबैभन्दा बढी वर्षा हुने गर्दछ । सामान्यतः नेपालमा जेठको अन्तिम सातादेखि मनसुन शुरु भई असोजको पहिलो सातासम्मको अवधि हुन्छ । अहिलेसम्म मध्य र पश्चिममा वर्षा राम्रै भइरहे पनि पूर्वी भेगमा तुलनात्मक रुपमा वर्षा हुन सकेको छैन । दुई दिनदेखि ती क्षेत्रमा पनि वर्षा राम्रो भइरहेकोले यो वर्ष पनि सरदर वर्षाको अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

“मनसुन चार महिना अवधिको विवरण भदौमा मात्रै आउँछ, अहिलेसम्मको वर्षाको अवस्थालाई हेर्दा सरदर वर्षा हो । धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ, दुई दिनदेखि पूर्वमा पनि मनसुन पूर्ण सक्रिय भएकाले यो वर्ष पनि सरदर वर्षा हुने देखिन्छ,”–उहाँले भन्नुभयो ।

मौसमविद् पौडेलका अनुसार अघिल्लो वर्ष करिव १५० मिलिमिटर वर्षा भएको थियो । विगतको आँकडा हेर्दा सन् १९९३ जुलाई महिनामा मकवानपुरको टिस्टुङ पालुङमा २४ घण्टा अवधिमा ५४० मिलिमिटर वर्षा भएको थियो । जुन अहिलेसम्मकै अतिभारी वर्षा हो ।

जेठ १५ देखि असोज १५ गतेसम्म बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त हावा नै मनसुन हो । नेपालको पूर्वी भेग हुँदै प्रवेश गर्ने चार महिना (१०५) दिन अवधिमा चल्ने उक्त हावाले अधिक वर्षा गराउँछ । जलवाष्पयुक्त हावाले नै मनसुन अवधिभर वर्षात् गराउने मौसमविद्को भनाइ छ । नेपालमा वर्षभरि मनसुनका कारण ८० प्रतिशत र पूर्वमनसुन र पश्चिमी वायुको प्रभावले २० प्रतिशत वर्षा हुने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार साधारणतया जेठ १५ देखि असोज १५ गतेको चार महिनासम्मको समयलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ । गत वर्षको मनसुनी वर्षा करीब ७६ प्रतिशत रहेको थियो, जुन सरदरभन्दा कम हो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close