आज सामुदायिक वन दिवस: दाङका सबै सामुदायिक वनहरुले दिवस मनाउँदै – दाङ खबर
Global Luja Dang

आज सामुदायिक वन दिवस: दाङका सबै सामुदायिक वनहरुले दिवस मनाउँदै

MadanBhandari College

दाङ, साउन २५ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघ दाङले आज शुक्रबार सामुदायिक वन दिवस मनाउन दाङका सबै सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरेको छ ।

“सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान” भन्ने नाराका साथ दाङका १० वटै स्थानीय तहका वन महासंघको अगुवाईमा सामुदायिक वन दिवस मनाउन वन महासंघ दाङले आग्रह गरेको हो ।

वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदी र सचिव जानका केसीले बिहीार एक बिज्ञप्ति निकालेर स्थानीय महासंघसँगको समन्वयमा बृक्षरोपणलगायका कार्यक्रम गरेर वन दिवस मनाउन आग्रह गर्नुभएको छ । जिल्ला महासंघको पहिलो पूर्ण बैठकले स्थानीय महासंघको नेतृत्व र जिल्ला महासंघको समन्वयमा साउन २५ गते सामुदायिक वन दिवस मनाउने निर्णय यसअघि गरिसकेको थियो ।

सिन्धुपाल्चोक जिल्ला ठोकरपा गाउँ पञ्चयातबाट सुरु भएको सामुदायिक वनको अभियानको स्मरणमा सरकारले चार वर्षअघि हरेक वर्ष साउन २५ गतेलाई सामुदायिक वन दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । चौथो सामुदायिक वन दिवसका अवसरमा बृक्षरोपणसहित विविध कार्यक्रम गरिने तयारी वन महासंघ दाङले गरेको छ । दाङमा ५ सय २४ सामुदायिक वन समूह रहेका छन् ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close