Global Luja Dang

आदिवासी दिवसका अवसरमा दाङमा विभिन्न कार्यक्रम

Birala Tyre Dang

शरद रेग्मी,
दाङ, साउन २४ । नेपाल आदिवासी जनजाति महासंघ तुलसीपुर नगरकमिटिको आयोजनामा २४ आै आदिवासी दिवस तुलसीपुरमा मनाइएको छ । दिवसको अवसरमा तुलसीपुर उमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले बहुसांस्कृतिक सहरका रुपमा तुलसीपुर नगरको विकास गरिने बताउनुभयो ।

थारु बाहुल्य तुलसीपुर उपमहानगरपालिकामा मगर, गुरुङलगायत अन्य जातजातिको मिश्रीत बसोबास भएकाले पनि तुलसीपुरको सहर विकासको क्रममा बहुसांस्कृतिक हुने बताउनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडानम्वर–५ का अध्यक्ष बिरेन्द्र शाह, नेपाल प्रेस युनियनका अध्यक्ष सुशील बस्नेत, थारु समुदायका अगुवा छोटिलाल चौधरीलगायतले आदिवासी जनजातिको भाषा, संस्कृति, भेषभुषा, खानपानको फरक बिशेषताको बारेमा चर्चा गर्नुभएको थियो ।

नगर कमिटीका अध्यक्ष नरेश राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लालबहादुर घर्तीले गर्नुभएको थियो, भने सञ्चालन नारायण चौधरीले गर्नुभएको थियो । यस अघि तुलसीपुर बजार परिक्रममा गरिएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close