विद्यार्थीलाई बैंकको बारेमा जानकारी – दाङ खबर
Global Luja Dang

विद्यार्थीलाई बैंकको बारेमा जानकारी

MadanBhandari College

दाङ, असार २१ । कृषि विकास बैंक लि.ले ग्राहकहरुलाई दिँदै आएको सेवा सुविधाहरुको बारेमा जानकारी दिन सुरु गरेको छ । प्रविधियुक्त सुविधा प्रदान गर्दै आएको बैंकले ग्राहकहरु समक्ष पुगेर बैंकको बारेमा जानकारी दिन सुरु गरेको बैंकका शाखा अधिकृत खिमबहादुर अधिकारीले बताउनुभयो ।

बैंकले घोराहीको सिद्धार्थ एकेडेमीका व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ । घोराहीमा रहेको कृषि विकास बैंक लि.ले विद्यालयमै पुगेर बिहीबार बिहान विद्यार्थीहरुको माझमा वित्तीय साक्षरताको बारेमा जानकारी दिएको हो । बैंकका प्रबन्धक बाबुराम ज्ञवालीको अध्यक्षता तथा कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालयका निर्देशक गणेशबहादुर विसीको प्रमुख आतिथ्यता र विद्यालयका प्रबन्ध निर्देशक नवराज सुवेदीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बैंकका शाखा अधिकृत खिमबहादुर अधिकारीले प्रशिक्षण दिनुभएको थियो । उहाँले नेपालकै सबै भन्दा बढी पुँजी भएको बैंक कृषि विकास बैंक नै रहेको र देशका ७७ वटै जिल्लामा शाखाहरु स्थापना भएको जानकारी दिनुभयो । दाङमा ७ वटासहित राप्तीका जिल्लाहरुमा १२ वटा शाखाहरुमार्फत् ग्राहकहरुलाई प्रविधि युक्त सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा पत्रकार निमुसंगम घर्तीलगायतले बोल्नुभएको थियो भने, कार्यक्रमको सहजीकरण राजकुमार विश्वकर्माले गर्नुभएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close