Victoria College Dang

विमानस्थल बनाउने निर्णयको बिरोध – दाङ खबर

विमानस्थल बनाउने निर्णयको बिरोध

MadanBhandari College

दीपक जिएम
दाङ, असार २० । तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थल बन्द भएको तीन महिना भन्दा बढि भयो । प्राविधिक रुपमा टरिगाउँ विमानस्थलको थप विस्तार गर्न समस्या हुने भएपछि त्यसको बिकल्प खोज्ने काम भइरहेको थियो ।

यहि अवस्थामा प्रदेश सरकारले नारायणपुर क्षेत्रमा अन्तरर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने गरी नीति तथा कार्यक्रम र बजेटमा व्यवस्था गरेको छ । सरकारको यो निर्णयप्रति भने नारायणपुरका केहि स्थानीयहरुले बिरोध जनाएका छन् । हापुर, नारायणपुर क्षेत्र अर्थात् घोराही उपमहानगरपालिकाको वडानम्वर १०, ११ र १२ को केहि भुभागमा बैकल्पिक हवाई मैदान बनाउने सरकारको निर्णयप्रति स्थानीयबासीले बिरोध जनाएका छन् ।

सो स्थानमाा बिमानस्थल सञ्चालनमा ल्याउँदा स्थानीयबासीहरु बिस्थापित हुने भन्दै सरोकार समितिले अर्थात् स्थानीयवासीले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराएका हुन् । ‘हामी बिकास बिरोधी हैनांै । तर, पनि कुनै पनि हालतमा विमानस्थल हुने कुरामा सहमतिमा जान सकिँदैन’, स्थानीयबासीले बताएका छन् ।

स्थानीयको कुरा नसुनेर आफू खुसी सरकारले पहुँचको भरमा निर्णय गरेको भन्दै आपत्ती जनाएका हुन् । उक्त क्षेत्रमा अहिले ५ हजार घरधुरी बसोबास गर्दै आएको बताउँदै उनीहरुले दाङमा दुई दुईवटा बिमानस्थल आवश्यक नरहेको र टरिगाउँ बिमानस्थललाई अझ व्यवस्थित बनाएर लैजान सुझाव समेत दिएका थिए । त्यस क्षेत्रमा करिव १५ प्रतिशत सुकुम्वासी नागरिकहरु बस्दै आएको जानकारी गराउँदै स्थानीयबासिन्दासँग बिना कुनै छलफल नै प्रदेश नम्वर पाँचले वजेट छुट्याएको सुन्नमा आएको भन्दै स्थानीयहरुले बिरोध जनाएका हुन् ।

विकासको नाममा स्थानीयलाई उठिवास लगाउन खोजेको आरोप लगाएको सरोकार समितिले विकास हुन्छ भने वस्तीलाई उचित व्यवस्थापन गर्नुपर्ने बताएका थिए । अन्तर्राष्ट्रिय विमानस्थल नारायणपुर क्षेत्रमा कुनै पनि हालतमा निर्माण हुन नदिने र आफूहरुको माग सम्वोधन नभएमा स्थानीयबासी कडा आन्दोलनमा उत्रने समेत पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

हवाई मैदान सरोकार समितिका संयोजक जयबहादुर बुढाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण हवाई मैदान सरोकार समितिका सचिव धर्मबहादुर सिजुवालले गर्नुभएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close