Florence Hospital Dang
Majestic Hotel Dang

शोकसभा गरी मनाइयो कमलरी मुक्त दिवस

Birala Tyre Dang

नवीन अभिलाषी,
दाङ, असार १३ । दाङलगायत पश्चिम नेपालका मुक्त कमलरीहरुले शोकसभा गरेर मुक्त कमलरी दिवस मनाए । आज भन्दा पाँच वर्ष अगाडि २०७० साल असार १३ गते नेपाल सरकारले पश्चिम नेपालका कमलरी बालिकाहरुलाई कमलरीको दाष जीवनबाट मुक्त भएको घोषणा गरेको थियो ।

कमलरी मुक्तिको पाँच वर्षपछि हर्षोल्लापुर्वक मनाउनु पर्ने भएपनि मुक्त कमलरीहरुले शोक सभा गरे । ‘सरकारले कमलरीहरुलाई त मुक्त गर्यो । तर, बालिकाहरुले पाउने अधिकारको बारेमा सरकारले ध्यान दिएन’, उर्मिला चौधरीले भन्नुभयो, ‘कागजमा मात्रै घोषणा भएर के गर्नु रु अहिले पनि धेरै बालिकाहरु कमलरी बस्न बाध्य भएका छन् ।’ सरकारले २०७० असार १३ गते कमलरी मुक्त राष्ट्रको घोषणा गरेपछि ६१ जना बालिकाहरु कमलरी बसे ।

दाङमा अहिले पनि २१ जना बालिकाहरु कमलरीको रुपमा जीवन बाच्न बाध्य छन् । त्यसमध्ये ११ जना १६ वर्षमुनिका बालिकाहरु हुन् । सरकारले राष्ट्रलाई नै कमलरी मुक्त घोषणा गरेको पाँच वर्ष पुग्यो । तर, कमलरी प्रथाको भने अन्त्य भएन । त्यसमाथि कमलरी बसेका बालिकाहरुको रहस्यमय तरिकाले मृत्यु समेत भए ।

सरकारले कमलरी मुक्तीको घोषणा गर्ने तर कमलरी बसेका बालिकाहरुको हत्या नरोकिएपछि मुक्त कमलरी विकास मञ्चमा आबद्ध भएका मुक्त कमलरीहरुले बुधबार शोकसभा गरेका हुन् । घोराहीको तुलसीपुर चोकमा कार्यक्रम गरेर उनीहरुले मृत्यु भएका कमलरी बालिकाहरुको स्मृतिमा शोकसभा गरेको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सुनिता चौधरीले बताउनुभयो ।

‘थारु किशोरीलाई कमलरी बस्न बाध्य बनाईने, कमलरीहरुको बलात्कार, हत्या भइरहने तर हत्याराहरुलाई कार्बाही नहुने दुःखद् अवस्थामा यो वर्षको मुक्त दिवसलाई हामीले शोक दिवसका रुपमा मनाउने निर्णय गरेका हौं’, केन्द्रीय अध्यक्ष सुनिता चौधरीले भन्नुभयो ।

शोकसभालाई सम्बोधन गर्दै सहयोग समाजका श्रीराम चौधरी, महिला मानवअधिकार रक्षकहरुको सञ्जालकी केन्द्रिय सचिव लक्ष्मी आचार्य, पत्रकार महासंघका प्रदेश सचिव सन्तोष दहितले यो आन्दोलन कमलरी बालिकाहरुको आन्दोलन नभएर समाजको विकास चाहने सबैको आन्दोलन भएको बताउनुभयो । सरकारले कमलरी मुक्तिको घोषणा भएको लामो समय भइसक्दा समेत बालिकाहरुको अधिकार प्रत्याभुति हुने गरी काम नहुनु दुःखद् विषय भएको बताउनुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close