आजबाट देशभरको मनसुन सक्रिय : देशका अधिकांश भागमा वर्षा – दाङ खबर
Global Luja Dang

आजबाट देशभरको मनसुन सक्रिय : देशका अधिकांश भागमा वर्षा

MadanBhandari College

दाङ, असार १३ । आजबाट देशभर मनसुन सक्रिय रहेको छ । दाङलगायतका देशका अधिकांश ठाउँमा आज बिहानैदेखि पानी परिरहेको छ ।

गत ८ जुनमा नेपालको पूर्व भागबाट फैलिएको मनसुनी वायु दुई साता बितिसक्दा पूर्वी र मध्य क्षेत्रमा मात्रै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अघिल्लो वर्षभन्दा चार दिन अघि नै नेपालमा मनसुन प्रवेश गरेको बताए पनि मुलुकभर फैलिने समय भने लम्बिएको जनाएको छ ।

एक सातामै मुलुकभर फैलिने गरेकोमा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । आजदेखि सक्रिय हुने मनसुन कमजोर खालको हुने महाशाखाले जनाएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close