कमलरी मुक्तिका पाँच वर्ष : पश्चिम नेपालका ९७ कमलरी उद्दारको पर्खाइमा – दाङ खबर
Global Luja Dang

कमलरी मुक्तिका पाँच वर्ष : पश्चिम नेपालका ९७ कमलरी उद्दारको पर्खाइमा

MadanBhandari College

नवीन अभिलाषी,
दाङ, असार १३ । नेपाल सरकारले २०७० असार १३ गते कमलरी मुक्त राष्ट्रको घोषणा गरेको थियो । सरकारले राष्ट्रलाई नै कमलरी मुक्त घोषणा गरेको पाँच वर्ष पुग्यो । तर, कमलरी प्रथाको भने अन्त्य भएन ।

सरकारले कमलरी मुक्त राष्ट्र घोषणा गरेपश्चात् पश्चिम नेपालका ६१ जना बालिकाहरु कमलरी बसे । दाङमा अहिले पनि २१ जना बालिकाहरु कमलरीका रुपमा जीवन बाच्न बाध्य छन । त्यसमध्य ११ जना १६ वर्षमुनिका बालिकाहरु हुन् । दाङसहित पश्चिम नेपालका पाँच जिल्लामा ९७ जना बालिकाहरु कमलरीकै रुपमा छन् । कागजमा भएको घोषणालाई व्यवहारमा कार्यान्वयन गर्नका लागि मुक्त कमलरीहरुले आफ्नो अभियानलाई जारी राखेका छन् । खाने, बस्ने, कपडा दिने र कसैलाई पढाई दिने बहानामा थारु समुदायका बालिकाहरुलाई घरमा कमलरीको रुपमा राख्ने क्रम अझै नरोकिएको मुक्त कमलरी उर्मिला चौधरीले बताउनुभयो ।

सरकारले मुक्त कमलरीहरुलाई परिपचयपत्र दिने सम्झौता गरेको थियो । तर, अहिले दाङ र बर्दियाका केहि मुक्त कमलरीहरु बाहेक अरुले परिचय पत्र पाएनन् । दाङमा ५ सय २३ र बर्दियाका १ सय ५८ जना कमलरीहरुले मात्र परिचय पत्र पाएका छन् । पाँच जिल्लाका १२ हजार ८ सय ६९ जना कमलरीहरु मध्य नेपाल सरकारले ९ हजार ४ सय ७५ जना कमलरीलाई मात्र स्वीकृत गरेको छ । जसमध्ये दाङका ५ हजार १ सय ९७ कमलरीमध्ये २ हजार ९ सय ४२ जनाको नाम मात्र स्वीकृत भएको छ ।

सरकारले स्वीकृत गरेका कमलरीहरुको परिचयपत्र अविलम्ब वितरण गर्न कमलरीहरुले माग गरेका छन । स्वीकृत नभएको नामावली मन्त्रालयमा पठाउन र निर्देशन अनुसार परिचयपत्र वितरण गर्न आग्रह गरेका छन् । एक दशकमा आधा दर्जन कमलरी बालिकाहरुको रहस्यमय मृत्यु भएको छ । धेरैजसो बालिकाहरु झुण्डिएको अवस्थामा फेला परे । २०६४ पुस ३० गते दाङ रामपुरकी सीमा होजा मगर लमहीको दङाली होटलमा झुन्डिएरको अवस्थामा फेला परेका थिइन्, भने २०६५ वैशाख २ गते टीकापुर–९ वनगाउँ कैलालीकी १५ वर्षिया सरिता चौधरी पनि दाङको लमहीस्थित इन्द्रमणि खनालको घरमा झुन्डिएकै अवस्थामा भेटिएकी थिइन् ।

त्यसैगरी २०६७ वैशाख १८ गते कैलाली घर भएकी १५ वर्षिया उर्मिला राना थारूको कैलालीकै दीपक विष्टको घरमा झुन्डिएर मृत्यु भएको थियो । तर, दुई जना बालिकाहरुको भने आगोमा जलेर मृत्यु भएका थियो । २०६८ भदौ १ गते कैलालीको चौमाला–८ दैदवारी मुक्त कमैया शिविरकी २० वर्षिया मेघी चौधरीको काठमाडौंस्थित बालकृष्ण शाहको घरमा शरीरमा आगो लागेर मृत्यु भएको थियो । २०६९ सालमा पनि दाङ लालमटियाकी १२ वर्षिया सिर्जना चौधरीको ललितपुरको चाकुपाटस्थित इञ्जिनियर युवराज पौडेलको डेरामा कमलरी बसेको अवस्थामा जलेर मृत्यु भएको थियो ।
त्यही वर्षको जेठ २९ गते बर्दियाकी ११ वर्षिया अस्मिता थारूको बर्दियाको बढैयाताल गाउँपालिका–७ का दुर्गा भण्डारीको घरमा मृत्यु भयो । अध्यक्ष सुनिता चौधरीले सरकारले कमलरी मुक्तिको घोषणा गरेको ५ वर्ष पुग्दा समेत अहिले पनि धेरै कमलरीहरुले जीवन गुमाउनुपर्ने बाध्यता रहेकाले यो विषयमा सरकारले तत्काल कदम चाल्नु पर्ने बताउनुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close