Victoria College Dang

विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छ- मुख्यमन्त्री पोख्रेल – Page 2018 – दाङ खबर

विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छ- मुख्यमन्त्री पोख्रेल

MadanBhandari College

बुटवल, असार १२ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विपद् व्यवस्थापन कोषको परिचालन एकद्वार प्रणालीबाट हुनुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशअन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको विपत् सुरक्षा गोष्ठीको मंगलबार मणिग्राममा उद्घाटन गर्दै विपद् व्यवस्थापनको कामको नेतृत्व एउटै निकायबाट हुन सकेमात्र प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विपदमा उद्दार, राहत र पुनःस्थापनाको काम देखाउनका लागि भन्दा पनि मानवीय कर्तव्य ठानेर काम गर्नुपर्छ ।’

मुख्यमन्त्री पोख्रेलले विपद् व्यवस्थापनका लागि सरकारका सबै निकाय र सरोकारवाला संघसंस्थाले उद्दारका साथमा राहतको काम पनि सँगै अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले साउन महिना विपत्तिका लागि बढी जोखिमपूर्ण हुने भएकाले अहिलेदेखि नै पूर्व सतर्कता अपनाउन निर्देशन दिनुभयो ।

उहाँले राहतका लागि सम्भावित क्षेत्रमा पूर्व तयारी गर्न रणनीति बनाउनसमेत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभयो । उहाँले विपत् व्यवस्थापनका लागि प्रदेश सरकारले रु छ करोडको कोषको व्यवस्था गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव शंकर पाठकले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराउँदै विपद् व्यवस्थापनका लागि आयोजित गोष्ठीले प्रभावकारी निष्कर्ष निकाल्ने अपेक्षा गर्नुभयो । एक दिवशीय गोष्ठीमा जिल्लास्तरमा विपद् पूर्वको व्यवस्थापकीय अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारीहरुको प्रस्तुति रहेको छ ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्