Victoria College Dang

जलिय विविधता जोगाउन सरोकारवालाको पहल – दाङ खबर
Global Luja Dang

जलिय विविधता जोगाउन सरोकारवालाको पहल

MadanBhandari College

दिवाकर पोख्रेल देउखुरी साउन ३१ । नदीमा अनाधिकृत रुपमा माछा मार्ने काम बढ्न थालेपछि दाङका स्थानीय सरकारले जैविक विविधता ऐननै बनाएर जैविक विविधता संरक्षणको अभियानमा लागेका छन् । विशेषगरी दाङको देउखुरी उपत्यका क्षेत्रका स्थानीय तहले जलिय विविधता संरक्षण ऐनलाई कडाइका साथ लागु गर्न थालेका हुन् ।

नदीमा माछाको लागि बम हाल्ने, करेन्ट लगाउने र बिषादीको प्रयोग गर्दा नदी तथा तालमा पाइने जलचर प्राणि लोप हुने अवस्थामा पुगेका कारण जलचर प्राणिको संरक्षण गरि जैविक विविधतामा सन्तुलन ल्याउनको लागि ऐन बनाएर कार्यान्यनमा लागिएको लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले जानकारी दिनुभयो । नदीमा आबान्छित क्रियाकलापबाट माछा मार्दा जलचर प्राणी नास हुन्छ,जलचर प्राणिसंग चराहरु आहारा जोडिएको छ, यस्ले हाम्रो इको स्टिममा खलबल पार्छ,केसीले भन्नुभयो ।

जैविक विविधता ऐनले जलचर प्राणीको संरक्षण र पर्याबरण संरक्षणमा सहयोग गर्ने विश्वास उहाँको छ । यस्तै देउखुरीको गढवा, राजपुर र राप्ती गाउँपालिकाले पनि जलिय विविधता संरक्षण ऐन बनाइसकेका छन् । राप्ती नदीलाई लक्षित बनाएर ऐन कार्यान्यनमा जोड दिइएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

जलिय जैविक विविधता संरक्षणमा स्थानीय सरकारलाई गैरसरकारी संस्थाले पनि सघाएका छन् । पानी परियोजना अन्तरगर्त मानव कल्याण तथा बाताबरण संरक्षण केन्द्र दाङले माछा संरक्षण अभियान नै चलाएको छ । जसअन्तरगर्त देउखुरीमा सातवटा माछा संरक्षण समुह गठन गरिएको छ । राप्ती गाउँपालिकामा चारवटा माछा समुह,गढवामा दुइवटा माछा समुह,र राजपुरमा एकवटा माछा समुह गठन गरिएको छ ।

एउटा माछा संरक्षण समुहमा २० जना सदस्य रहेका छन् । संरक्षण समहुको नाम माछाको जातको नामबाट राखिएको छ । पानी परियोजना अन्तरगर्त गरिएको माछा संरक्षण समुहमा आवद्ध सदस्यहरुले जलिय विविधता संरक्षणमै क्रियासिल रहने गरेको बैखा माछा संरक्षण समुहका अध्यक्ष पाटेश्वरी चौधरीले बताउनुभयो । नदीमा करेन्ट लागेर,बम हानेर माछा मार्न लागे प्रहरीलाई खबर गछौ, हामी माछा अप्राकृतिक तरिकाबाट मार्न रोक्छौ समुहका अध्यक्ष चौधरीले भन्नुभयो ।

पानी परियोजना अन्तरगर्त माछा संरक्षण समुहमा आवद्धहरुलाई क्षमता विकास,जलिय विविधता सम्बन्धि कानुनको बारेमा जानकारी दिने मानवबकल्याण तथा बाताबरण संरक्ष्ण केन्द्र पानी परियोजना कार्यक्रम प्रवन्धक प्रदिप मैजगैयाँले जानकारी दिनुभयो । परियोजनाकै सक्रियतामा जलिय जैविक विविधता ऐन बनाउन सहयोग पुगेको छ । ऐनले नदी र जलिय प्रजाती संरक्षण गर्ने र स्थानीयबाटै उपयोग गर्ने गरि तयार हुनुपर्ने उहाँको तर्क छ । नदीमा जाल, हेल्काको प्रयोगबाट माछा मार्न अप्रातिक हिसावले माछा नमार्न प्रशिक्षीत गरिएको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close