Victoria College Dang

सुनको मूल्य स्थिर – दाङ खबर
Global Luja Dang

सुनको मूल्य स्थिर

MadanBhandari College

काठमाडौं साउन ३१ । ‍ शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । पछिल्लो सयम लगातार बढीरहेको सुन बिहिबार अहिलेसम्मकै उच्च मूल्य ७१ हजार ५ सय प्रतितोला कायम गरिएको थियो। शुक्रबारका लागिपनि छापावाल सुनको मूल्य ७१ हजार ५ सय प्रतितोला कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, महासंघले तेजावी सुनको मूल्य प्रतितोलाको मूल्य ७१ हजार २ सय तोकेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला ८ सय २० रुपैयाँ कायम गरेको छ ।

युरोपियन राष्ट्र, रुस लगायतका देशले सुनको संचिति बढाउनु, अमेरिका र चिन बीचको व्यापार युद्ध तथा अन्तर्राष्ट्रिय रुपमा भारतीय मुद्रा कमजोर हुनु जस्ता कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढीरहेको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १५२० अमेरिकी डरलको हाराहारीमा छ । यो निरन्तर बढ्दो लयमा देखिएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close