Victoria College Dang

छावा जोगाउन मुस्किल – Page 2019 – दाङ खबर

छावा जोगाउन मुस्किल

MadanBhandari College

गुलरिया साउन २८ । बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती जोखिममा छन्। छावा जोगाउन झनै गाह्रो देखिएको छ। दुई दशक अवधिमा २९ वटा हात्ती मरेको निकुञ्जको तथ्यांक छन्। यसमा भाले १५, पोथी ८ र लिंग नछुट्टिएका ६ वटा छन्। छावा मात्र ९ वटा मरेका छन्।

पाँचवटा हात्ती करेन्ट लगाएर मारिएको पाइएको छ। वृद्ध, बिरामी र मृत्युको कारण नखुलेका ३/३ वटा छन्। केही हात्ती नहरमा डुबेर, आपसमा भिडन्त भएर, कालगति, चोरीशिकार र बाँकी अन्य कारणबाट मरेको निकुञ्जका कर्मचारी बताउँछन्।

छावा मर्ने क्रमले संरक्षणकर्मी चिन्तित बनेका छन्। दुईवटा बाघले मारेका छन्। सातवटाको मृत्युको कारण खुलेको छैन। बाघको आक्रमणलगायत विविध कारणले छावा मर्ने गरेको निकुञ्जका वन्यजन्तु डाक्टर चित्र खड्काले बताए। ‘महिना नपुगी जन्मिने छावा मर्ने गरेका छन्’, उनले भने, ‘निकुञ्जका जंगली छावा महामारी रोगले मरेका होइनन्। निमोनिया, बाघको आक्रमणलगायत चिसोबाट पनि छावा मर्ने गर्छन्।’

विश्वमै संकटापन्न हात्तीमध्ये बर्दियामा एसियन प्रजातिका पाइन्छन्। निकुञ्जमा सयभन्दा बढी हात्ती रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। यीमध्ये ५० वटा रैथाने हुन्। ‘हात्ती संरक्षणका लागि मानवसँगको द्वन्द्व र आहारा व्यवस्थापन मुख्य चुनौती हो’, उनले भने, ‘यिनको उचित व्यवस्थापन गर्न सके हात्ती संरक्षणमा टेवा पुग्छ। जंगली हात्तीका लागि वासस्थान र आहारा समस्या छ।’

सरकारले बाघ, गैंडालगायत वन्यजन्तु संरक्षणमा चासो देखाएको छ। हात्ती संरक्षण गर्न चासो दिएको छैन। निकुञ्जमा रहेका हात्तीको अध्ययन, अनुसन्धानलगायत अनुगमन नहुँदा संरक्षण कार्य प्रभावित बन्दै गएको छ। मानव—हात्ती सहअस्तित्व राख्ने उद्देश्यका साथ निकुञ्जले सचेतना दिँदै आएको छ।

हात्ती संरक्षण गर्न समुदायले हातेमालो गर्दै आएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए। कहिलेकाहीं बस्तीमा पुगेरै हात्तीले क्षति पु¥याउने गरेको छ। निकुञ्जबाट हात्ती बस्तीमा आउँदा अभियानका युवालगायत स्थानीय धपाउन जाने गरेका छन्।

                            अन्नपूर्ण पोष्ट 

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्