Victoria College Dang

आजको मौसम : मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने – Page 2019 – दाङ खबर

आजको मौसम : मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने

MadanBhandari College

काठमाडौं साउन २८ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मनसुनको न्यून चापिय रेखा औसत स्थानमा रहेको जनाएको छ। मनसुनको न्यून चापिय रेखा पश्चिमी -उत्तरतिर सर्ने क्रममा छ। नेपालको पूर्वी भू-भाग नजिक एउटा न्युन चापिय प्रणालीको विकास भएकाले पूर्वी र मध्य नेपालमा यसको असर देखिनेछ। अहिले देशका तराई भूभागमा हल्का वर्षा भइरहेको शाखाले जनाएको छ।

आज दिउँसो देशका केही स्थानमा सामान्य बदली रही मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ।

राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ पूर्व, मध्य र पश्चिमका एक दुई स्थानमा मध्यम वर्षा हुनेछ। देशको पूर्वी र तराईका भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्