Victoria College Dang

आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि मनाइदै – दाङ खबर
Global Luja Dang

आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि मनाइदै

MadanBhandari College

काठमाडौं साउन २७ । आज अन्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । ‘शिक्षामा रुपान्तरण स् उद्यमशीलता र नव प्रवर्तन्’ भन्ने नाराका साथ आज (सोमबार) विश्वभर २० औंँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ ।

रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै त्यसको सुधारका लागि विश्व समुदायको ध्यानाष्कृट गर्ने उद्देश्यले यो नारा तय गरिएको हो ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार विश्वमा सन् २००० बाट विभिन्न देशले अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएका छन् । नेपालमा भने यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close