Victoria College Dang

एक वडा एक ताल निर्माणमा उपमहानगरपालिका – Page 2019 – दाङ खबर

एक वडा एक ताल निर्माणमा उपमहानगरपालिका

MadanBhandari College

टीकाबहादुर बस्नेत
दाङ, साउन १९ गते । दाङको घोराही उपमहानगरपालिकाले एक वडा एक तालको योजनालाई अगाडि सारेको छ । सिचाई र पर्यावरणसँग जोडेर उपमहानगरपालिकाले ताल निर्माणको योजनालाई अगाडि सारेको उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

पानीका मुहानहरु सुक्दै जान थालेपछि सिचाईमा समस्या उत्पन्न भइरहेको भन्दै उपमहानगरपालिका प्रमुख चौधरीले पानी संकलन गरी त्यसबाट सिचाईको प्रबन्ध मिलाइरहेको बताउनुभयो । उपमहानगरपालिकाले हालसम्म १९ वटा कृतिम ताल निर्माण गरिसकेको भन्दै चौधरीले गत आर्थिक वर्षमा मात्रै ५ वटा ताल निर्माण गरेको बताउनुभयो ।

‘घोराही उपमहानगरपालिकाले सिचाई र पर्यावरणका लागि विशेष योजना बनाएर अगाडि बढिरहेको छ । पानीका मुहान सुक्दै जाँदा सिचाईमा समस्या भइरहेको समयमा कृतिम तालमा पानी संकलन गरेर त्यसबाट सिचाईको प्रबन्ध मिलाइरहेका छौं’, उपमहानगरपालिका प्रमुख चौधरीले भन्नुभयो, ‘हालसम्म उपमहानगरपालिकामा १९ वटा तालहरु बनाइसकेको छ । यस वर्षमात्रै ५ वटा ताल निर्माण गरेका छौं ।’ वडानम्वर १७ मा ५ वटा, १३ मा ३ वटा, १८ मा एउटा, १६ मा २ वटा, ६ मा २ वटा, ७ मा एउटा ताल निर्माण गरेका छौं । तालबाट सिचाई, पर्यावरण संरक्षणमा सहयोग पुगेको छ ।’

माछामा उपमहानगरपालिकालाई आत्मनिर्भर बनाउने अभियानमा आफूहरु लागिपरेको भन्दै उपमहानगरपालिका प्रमुख चौधरीले सबै कृतिम तालमा उपभोक्ता समूह गठन गरेर माछापालन गरिरहेको बताउनुभयो । गतवर्ष प्रत्येक तालमा १०/१० हजार माछाका भुरा हालेको भन्दै चौधरीले यस वर्ष निर्माण भएका ५ वटा तालमा पनि भुरा हाल्ने तयारी भइरहेको बताउनुभयो । ‘गत साल उपमहानगरपालिकाले प्रत्येक तालमा १०/१० हजार भुरा हालेको थियो । उपभोक्ताहरुलाई जिम्मा लगाएर माछापालन कार्यलाई अगाडि बढाइरहेका छौं’, उपमहानगरपालिका प्रमुख चौधरीले भन्नुभयो, ‘यसवर्ष निर्माण भएका ५ वटा तालमा पनि भुरा हाल्ने तयारीमा छौं ।’

गत आर्थिक वर्षमा ताल निर्माणलाई प्राथमिकता दिएको भन्दै उपमहानगरपालिका प्रमुख सीता सिग्देल न्यौपानेले ३ करोडको लागतमा ५ वटा ताल निर्माण भएको बताउनुभयो । वडानम्वर १ र २ को चेपे खोलामा, १८ नम्वर वडाको गिठेपानीमा, वडानम्वर १२ को जंखोलीमा, वडानम्वर १० को ठाँटी गाउँ र वडानम्वर २ को वलरामपुरमा एक÷एक वटा ताल निर्माण गरिएको न्यौपानेले बताउनुभयो ।

कृतिम तालसँगै सडक पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको भन्दै उपप्रमुख न्यौपानेले गत आर्थिक वर्षमा ११ किलोमिटरको पक्की, ४९ किलोमिटरको ग्राभिल र २२ किलोमिटरको कच्ची सडक निर्माण गरिएको जानकारी दिनुभयो ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्