Victoria College Dang

मन पर्ने हिराेइनलाई भेट्न खोज्दा फ्यानले गुमाए ६० लाख – Page 2019 – दाङ खबर

मन पर्ने हिराेइनलाई भेट्न खोज्दा फ्यानले गुमाए ६० लाख

MadanBhandari College

एजेन्सी/मानिसले मनको रहर पूरा गर्न केसम्म गर्दैन? हरकुराको लागि तयार हुन्छन्। यसैको एक उदाहरण भारतमा भएको एउटा घटनालाई लिन सकिन्छ। एक व्यक्ति आफ्नो मन पर्ने सेलिब्रेटी भेट्ने रहर पूरा गर्न खोज्दा ठगिएका छन्।

एक जना व्यक्ति जसको परिचय खुलाइएको छैन, बलिउड हिरोइन काजल अग्रवालका डाइहार्ट फ्यान रहेछन्। उनको यही फाइदा केही व्यक्तिले उठाएका हुन्। धोखाधडी गर्नेहरुले ती फ्यानबाट ६० लाख ठगेको एक अनलाइनले जनाएको छ। समाचारअनुसार रामनाथपुरका ती फ्यानले काजलसँग प्रत्यक्ष भेट्न पाउने आशामा ती व्यक्तिलाई ६० लाख भारु बुझाएका थिए। सुरुमा ५० हजार भारु तिरेका उनले पटक पटक गरी ६० लाख भारु ती व्यक्तिलाई बुझाएको बताइएको छ।

यतिले मात्रै घटना टुंगिएन। उनीहरुले ती व्यक्तिलाई विभिन्न अब्सिन फोटोहरु अनलाइनमा लिक गरिदिने भन्दै डर देखाएका थिए। धेरैभन्दा धेरै पैसा असुलिन थालेपछि ती फ्यान डरले कोलकातामा लुकेर बसेका थिए। त्यसपछि उनले प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले अहिले एक निर्मातालाई जेलचलान गरेको छ। उनी श्रवणकुमार रहेको बताइएको छ।

 

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्