बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो, २६ जना बेपत्ता – दाङ खबर
Global Luja Dang

बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो, २६ जना बेपत्ता

MadanBhandari College

काठमाडाैँ असार २९ । लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बाढी पहिरोमा परेर अहिलेसम्म २४ जना महिला र ३६ जना पुरुष गरी ६० जनाले ज्यान गुमाइसकेका छन् ।

बाढी पहिरोमा परेर १७ जना महिला र २१ जना पुरुष गरी ३८ जना घाइते भएका छन् । त्यस्तै १२ जना महिला र १४ जना पुरुष गरी २६ जना बेपत्ता भएका छन् ।

एक हजार चार सय ४४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । गएको बिहीबारदेखि देशभर लगातार वर्षासँगै बाढी पहिरो जाने क्रम सुरु भएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close