असार मसान्तमा प्रमुख नहुँदा भुक्तानी ठप्प – दाङ खबर
Global Luja Dang

असार मसान्तमा प्रमुख नहुँदा भुक्तानी ठप्प

MadanBhandari College

प्यूठान, असार २९ । जिल्ला स्थित प्यूठान नगरपालिकामा सेवाग्राहीको काम ठप्प भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थित भएपछि असार मसान्तमा भुक्तानी लगायत कामका लागि पुग्ने सेवाग्राही रित्तो हात फर्किनु परेको छ ।

प्रमुख प्रशासकी अधिकृत काशीराम गैरे शुक्रबारदेखि कार्यालयमा नजादा कार्यालयको सेवा प्रवाह ठप्प भएको हो । कार्यालय प्रमुख नै नभएपछि भुक्तानीका लागि पुग्ने उपभोक्ता समितिका व्यक्तिहरु निराश भएका छन् ।

निर्माण व्यवसायी, उपभोक्ता समितिको भिडभाड भएपनि काम नहुँदा कार्यालय प्रति गुनासो बढेको छ । कार्यालय प्रमुखले अन्तिम समयमा आएर कार्यालय छाडेर हिड्नु राम्रो काम भएन, निर्माण व्यवसायी किरण केसीले भन्नुभयो, भुक्तानीका लागि फाइल तयार भएपनि काम बनेको छैन । नगरपालिकाबाट भुक्तानी समयमै नहुँदा यस आर्थिक मसान्तमा कारोबार मिलाउन समस्या भइरहेको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गैरेले मोवाइल फोन अफ गर्नुभएको छ । स्थानीय घरबेटीका अनुसार गैरे घर गएको बुझिएको छ । कार्यालय प्रमुख नहुँदा कार्यालय अन्र्तगतका अन्य शाखाहरु कामविहीन भएका छन् । योजना शाखा लगायत अन्य शाखाहरु काम विहिन बनको छन् ।

नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले प्रमुख प्रशासकीय अधिकृत काम छाडेर घर गएको जानकारी प्राप्त भएको बताउनुभयो । असार अन्तिममा प्रमुख प्रशासकीय अधिकृतले कार्यालय छाडेर घर जाँदा समस्या भएको उहाँले बताउनुभयो । अव कसरी काम गर्ने भन्ने विषयमा समस्या देखिएको छ, उहाँले भन्नुभयो, मन्त्रालयलाई समस्याबारे जानकारी सहित पत्र पठाएका छौं । आइतबार समस्याको समाधान भइनसक्ने देखिएपछि सेवाग्राही घर फर्किएका छन् ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close