देशभर आज पनि भारि वर्षा – दाङ खबर
Global Luja Dang

देशभर आज पनि भारि वर्षा

MadanBhandari College

काठमाडौं, असार २९ । देशभर पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २७ असारको साँझ गरेको अनुमान अनुसार पश्चिम नेपालमा हावाहुरीको सम्भावना छ ।

देशको पूर्व र मध्य क्षेत्रका पहाडी भू-भागका केही स्थानहरुमा र पश्चिमी पहाड तथा तराइृका भू-भागका केही स्थानहरमा भारी वर्षाको अनुमान गरिएको छ ।

मनसुन पूर्ण रुपमा सक्रिय रहेकाले पानी पर्ने सम्भावना अझै रहेको छ । वर्षाका कारण आएको बाढी, पहिरोका अलावा डुबानका कारण जनधनको क्षति भइरहेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close