भारतीय नहर भत्काएपछि जोगिए नेपालका दर्जनबढी गाउँ – दाङ खबर
Global Luja Dang

भारतीय नहर भत्काएपछि जोगिए नेपालका दर्जनबढी गाउँ

MadanBhandari College

वीरगन्ज असार २९ । दुई दिनदेखि डुबानमा परेको पर्साको छिपहरमाई गाउँपालिकाका दर्जन बढी गाउँ सीमापारीको भारतीय नहर काटेपछि अहिले जोखिममुक्त भएका छन् । ओरिया नदी र बर्खे पानीको निकास साँघुरो भएकोले पर्साको पश्चिमी क्षेत्र छिपहरमाई गाउँपालिका क्षेत्रका दर्जन गाउँ हरेक वर्ष बाढीको जोखिममा पर्छन्। सीमा नजिकै भारततर्फ निर्माण भएका सडक, नहर र रेल लाइनका कारण पानीको निकासमा समस्या छ।

गत बुधबारदेखि शनिवार मध्यान्नसम्म परेको अबिरल बर्षाका कारण छिपहरमाई गाउँपालिकामा रहेका गाउँहरु, भिस्वा, जयमंगलापुर, मिर्जापुर, बुडगाई, सम्भौंता, टिहुकी, चारगाँहा लगायतका गाउँहरु एकआपसमा र जिल्लाका बाकी भुभाग संग छुटेका छन्। ‘बाढीले गाउँका मुख्य सडकहरु बगाएको छ। नयाँ बनेका पुलका किनारामा सडक कटेको छ,’ गाउँपालिकाका प्रमुख मनोज पटेलले भने, ‘सिमापारीको नहर स्थानीय र भारतीय सशस्त्र सुरक्षा बल मिलेर काटेपछि यता हामीले राहतको साँस फेरेका छौं।’

दशगजा र नहरको विचमा भारतीय भुभाग र गाउँहरु छन्। यसले गर्दा स्थानीयको दबावमा एसएसबीले बाँधजस्तो नहर काटेपछि नेपाली गाउँका बासिन्दाले पनि राहत पाएका हुन। याे खबर आजकाे नागरिक दैनिकमा छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close