बाढी र पहिराेकाे बितण्डा बढ्दै – दाङ खबर
Global Luja Dang

बाढी र पहिराेकाे बितण्डा बढ्दै

MadanBhandari College

काठमाडौं, असार २९ । केही दिन देखिको लगातारको वर्षाका कारण बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

अविरल वर्षा पछिको बाढि पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा पाँच जना, भोजपुरमा पाँच , मकवानपुरमा चार जना, काठमाडौं, खोटाङ ,ओखलढुंगा र काभ्रेमा तीन तीन जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एपी रमेश थापाले बताउनुभयो ।

त्यस्तै धादिङ , झापा, सिन्धुलीमा दुई दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा चितवन र डोल्पामा एक एक जना गरी ४३ जनाको मृत्यु भएको छ । मृतकहरु मध्य १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close