देशैभर बाढी र पहिरोको खतरा – दाङ खबर
Global Luja Dang

देशैभर बाढी र पहिरोको खतरा

MadanBhandari College

काठमाडाैँ असार २७  । बिहानैदेखि देशका विभिन्न भागमा वर्षा निरन्तर रुपमा भइरहेका कारण देशैभरी बाढी र पहिरोको खतरा देखिएको छ । बढेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएअनुसार कमला नदी—धनुषा— तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दै गएकाले धनुषा र सिरहा जिल्लाको डुबान भइरहने तटीय क्षेत्रमा बेलुकासम्म सतर्क रहनुपर्ने अवस्था रहेको छ ।

मेची,निन्दा,विरिङ,मावा-रतुवा,नुनखोला,लोहन्द्रा,वुढीखोला,खेसिलिया,सुनशरी खोला,त्रियुगा, वालन, खुट्टी, चुरियाखोला, खाडो, माहुली, रातो, हर्दी, लालबकैयालगायत साना नदी जलाधारको धेरै स्थानहरूमा सतर्कता भन्दा माथि बाढी आउनेगरी बर्षा भईरहेकोले तटिय क्षेत्रमा अझै बढ्ने खतरा आकलन गरिएको छ । बाढी पूर्वानुमान गर्ने कम्प्युटर मोडेलहरुले समेत उच्च जल प्रवाह हुने देखाएकोले नदीको तटीय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै कपिलवस्तु, रुपन्देही, चितवन, वारा, पर्सा, मकवानपुर, सिन्धुली सिरहा, रौतहट र आसपास अधिकांश स्थानमा बिहीबारदेखि नै भारी वर्षा भएको तथा कमला, वाग्मती तथा यसका शाखा नदीहरु र अन्य साना नदीमा जलसतह बढ्दो रहेको जनाइएको छ । ती मध्ये केहीमा खतरा तह पार हुने अवस्था रहेको महाशाखाको भनाइ रहेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close