युद्धकाे तयारीमा विप्लव – दाङ खबर
Global Luja Dang

युद्धकाे तयारीमा विप्लव

MadanBhandari College

काठमाडाैँ असार २६ । भोजपुरमा विप्लव समुहका कार्यकर्ता र प्रहरीबीच भएको दोहोरो झडपमा एकजना प्रहरी जवान र एक जना विप्लवका कार्यकर्ता मारिएको घटनाले जनयुद्धको झल्को दिएको छ । बुधबारको घटनाबाट नागरिकहरु त्रसित हुन थालेका छन् भने केहिले मुलुक गृहयुद्धमा जानै लागेको हो की भनेर चिन्ता समेत व्यक्त गर्न थालेका छन् ।

गृहमन्त्रीका सुरक्षा सल्लाहाकार इन्द्रजीत राईले यो चिन्तालाई बढावा दिदै मुलुक युद्धमा जाने खतरालाई नकार्न नसकिने अवस्था बनेको बताएका छन् । उनले थप एक कदम अघि बढेर भनेका छन्– युद्धको औपचारिक घोषणा मात्रै नभएको हो । तर, अवस्था करिब त्यस्तै बनेको छ । बुधबारको घटनाले परिस्थिति अझै जटिल बनाएको भन्दै यहि क्रम जारी रहे जे सुकै हुन सक्ने उनले चेतावनी समेत दिए ।

गृहमन्त्रीका सुरक्षा सल्लाहाकार राईले विप्लवले युद्धको तयारी गरेको सुचना पाएका आधारमा सरकारले पनि तयारी थालेको जानकारी दिएका छन् । चुप लागेर बस्ने अवस्था नरहेको भन्दै उनले विप्लवविरुद्ध थप आक्रामक रुपमा सरकार लागेको उनले बताए । वार्तामा पनि नआउने र मान्छे मार्दै हिड्नेलाई सरकारले त्यहि अनुसार व्यवहार गर्ने उनको भनाइ थियो ।

गृहमन्त्रीका सुरक्षा सल्लाहाकारको युद्धको तयारीबारे यस्तै धम्की दिदै गर्दा बिहीबार विप्लव समुहले एउटा विज्ञप्ती जारी गरेर बद्ला लिने अघि बढ्न निर्देशन दिइएको छ । विज्ञप्तीमा भनिएको छ– सम्पूर्ण कमरेडहरुलाई शेकलाई शक्तिमा बदल्न र बदलाभावका साथ मैदानमा खट्न आग्रह गर्छु ।

दुबै पक्षको यो खालको अडान र एकले अर्कालाई पेल्ने रणनीतिका कारण मुलुक युद्धमा जाने खतरा बढ्दै गएको सुरक्षाविद्हरु बताउँछन । नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी सरकारले बेलैमा कुनै उपाय नअपनाए समाल्नै गाह्रो हुने परिस्थिती आउने दाबी गर्छन् । बुधबारको घटना यसको संकेत भएको भन्दै उनले विप्लवका यस्ता गतिविधि नरोके मुलुक ठूलो भासमा फस्ने चेतावनी दिए ।

यसैबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २५ गते आफ्नो पार्टीले प्रहरीसँग प्रतिरोध गर्दा पार्टी नेता प्रशान्तको सहादत्त भएको जनाएको छ । आज सो पार्टीको सगरमाथा ब्यूरो इन्चार्ज अधिकारले एक विज्ञप्ति जारी गर्दै प्रहरी सञ्जिव राईसँग प्रतिरोध गर्ने क्रममा पार्टीका ओखलढुंगा इन्चार्ज समेत रहेका सगरमाथा ब्यूरो सदस्य प्रशान्तको शहादत्त भएको बताएका हुन् ।

विज्ञप्तिमा गत जेठ ७ गते भोजपुरको टेम्के मयुम गाउँपालिकामा मारिएका तिर्थराज घिमिरेलाई समेत सञ्जिव राईसहितको प्रहरी टोलीले हत्या गरेको आरोप लगाइएको छ । घिमिरेमाथि बाटो हिडिरहेका बेला प्रहरीले आक्रमण गरेर हत्या गरेको सो पार्टीको आरोप छ । जिल्ला सेक्रेटरी प्रशान्तको सहादत्तले पार्टीलाई ठूलो क्षति पुगेको समेत विज्ञप्तिमा जनाइएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close