पक्राउ परेका विप्लव कार्यकर्ता रिहा – दाङ खबर
Global Luja Dang

पक्राउ परेका विप्लव कार्यकर्ता रिहा

MadanBhandari College

रोल्पा, असार २६ । रोल्पाको लिबाङबाट गत असार ३ गते पक्राउ परेका ने।क।पा।बिप्लव समूहका सक्रिय कार्यकर्ता देउराम सुनार गद्दाफी आज रिहा भएका छन् ।

सुनिल स्मृति गा‍‍उँपालिका ६ गजुल स्थायी घर हाल रोल्पा नगरपालिका ४ लिवाङ बजार स्थित चिया पसल गरी बस्ने ५३ वर्षिय सुनारलाई जिल्ला प्रशासन कार्यालय रोल्पामार्फत ३ हजार रुपैया धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

उनलाई सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्वको कसुर अन्तरगत मुद्दा चलाई कारबाही गरिएको थियो । यसैबीच सुनारले रिहा भए लगत्तै एक प्रेश बिज्ञप्ती जारी गरी आफू बिगतमा कुनै गैर कानुनी क्रियाकलापमा नलागेको बताउँदै अब देखि कुनैपनी पार्टीमा नलागी स्वतन्त्रपूर्वक जीवनयापन गर्ने बिज्ञप्तिमार्फत घोषणा गरेका छन् ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close