प्रतिबन्धित लागुपदार्थसहित चार युवा पक्राउ – दाङ खबर
Global Luja Dang

प्रतिबन्धित लागुपदार्थसहित चार युवा पक्राउ

MadanBhandari College

दाङ असार २६ । प्रतिबन्धित लागुऔषधसहित दाङ प्रहरीले चार युवाहरुलाई पक्राउ गरेको छ । मनोद्विपक भनिने पदार्थसहित घोराही–१३ बाट चार जना युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार घोराही उपमहानगरपालिका वडानम्वर १३ डुमरगाउँस्थित ईश्वरी थापाको घरमा डेरा गरी बस्ने च्याङरा भन्ने हिक्मत रोकामगरको कोठाबाट लागुऔषधसहित युवाहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने युवाहरुमा हिक्मतसहित घोराही उपमहानगरपालिका वडानम्वर–१० निवासी २३ वर्षिय केशव डाँगी, रोल्पा जिल्ला साविक कुरेली–८ निवासी हाल घोराही–१३ मा बस्ने २२ वर्षिय रमेश बुढामगर र घोराही उपमहानगरपालिका १४ बस्ने २६ वर्षिय दामबहादुर पुन रहनुभएको छ ।

घरको शौचालयमा डाइजापाम र नुफिनमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । साथै प्रहरीले डाइजापाम २ एम.एल. लेखेको १० थान र नुफिन २ एम.एल. लेखेको १० थान गरी २० थान आगुऔषध पनि बरामद भएको बताएको छ । उनीहरुका विरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close