माैसम अपडेट – दाङ खबर
Global Luja Dang

माैसम अपडेट

MadanBhandari College

काठमाडौं असार २५ । देशभर भारी वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले दुई दिन बढी सतर्क हुनुपर्ने मौसमविद् विभूति पोखरेलले बताएकी छिन् ।

पोखरेलका अनुसार मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भइरहेको छ ।

यो क्रम बुधबार र बिहीबार बढी देखिने उनले बताएकी छिन् । उनका अनुसार देशभर नै सतर्क हुनुपर्ने अवस्था देखिए पनि मध्य र पूर्वमा बढी सतर्क रहनु पर्नेछ ।

पश्चिममा पनि सतर्क रहनु पर्ने भए पनि त्योभन्दा बढी सतर्क मध्य पूर्वमा बढी देखिनु पर्नेछ । नदी क्षेत्रहरुमा बढी सतर्क रहन पनि आग्रह गरिएको छ ।

अत्यावश्यक कामका लागि कामको प्रकृति हेरेर बाहिर निस्कनुपर्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ । राजमार्गहरुमा पनि वर्षाले गर्दा पहिरो जाँदा समस्या भइरहेको जनाइएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close