बस दुर्घटना २२ घाइते, ५ को अवस्था गम्भिर – दाङ खबर
Global Luja Dang

बस दुर्घटना २२ घाइते, ५ को अवस्था गम्भिर

MadanBhandari College

बारा, असार २० । पूर्वपश्चिम राजमार्ग अन्र्तगत बारा जिल्लाको अमलेखगंज स्थित २ र ३ नम्बर पुल विचको सडक खण्डमा शुक्रबार यात्रु वाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । साथैै दुर्घटनामा ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

हेटौडाबाट बीरगंजतर्फ आउदै गरेको ना ५ ख ३८९५ नम्बरको मिनिबस जीतपुरसिमरा उपमहानगरपालिका–२२ अमलेखगंज स्थित सडक खण्डबाट झण्डै ५० मिटर तल खसेर सो दुर्घटनामा भएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख योगबहादुर पालले बताउनुभयो ।

घटना लगतै घाइतेहरुलाई उद्धारगरि बीरगंजस्थित नारायणी अस्पताल, हेटौडाको चुरेहिल अस्पताल तथा सिमराको अस्पतालमा उपचारका लागि पठाईएको ट्राफिक प्रमुख पालले बताउनुभयो । तिव्र गतिमा रहेको बस अनियन्त्रित हँुदा सो दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close