अमेरिकामा दुई नेपालीको मृत्यु – दाङ खबर
Global Luja Dang

 अमेरिकामा दुई नेपालीको मृत्यु

MadanBhandari College

वोस्टन, असार २० । वोस्टनस्थित मेडफोर्ड भन्ने स्थानमा पौडी खेल्ने क्रममा सोमवार साँझ एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
करिब दुइ वर्ष अघि मात्र अमेरिकाको वोस्टन आएका १८ वर्षीय अपूर्व देवकोटाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनी अन्य दुईजना साथीका साथ अपर मिस्टिक लेकमा पौडी खेल्न गएका थिए । पानीमा हामफालेका देवकोटा पानीबाट नउत्रेपछि प्रहरीलाई खबर गरिएको थियो । तत्काल आएको प्रहरी र उद्धार टोलीले लगातारको प्रयासपछि बल्लबल्ल दुइ घन्टापछि करिब २० फिट तलबाट उनको शव बाहिर निकालेको थियो ।

कक्षा १२ पास गरेर उच्च शिक्षाका लागि नजिकैको युनिभर्सिटी अफ म्यासाच्युसेट्मा भर्ना भएका देवकोटा आफ्नी आमा र दुई दिदीका साथ मेडफोर्डमा बस्दै आएका थिए । नेपालमा उनको स्थायी घर धनगढी भएको बताइएको छ । साथीहरूका अनुसार, उनलाई पौडी खेल्न पनि आउँदैनथ्यो । मेडफोर्ड प्रहरीले उनको मृत्युको अनुसन्धान भइरहेको जनाएको छ ।

स्थानीय पत्रपत्रिका र टेलिभिजनमा यो समाचारले प्रमुख स्थान पाएको छ ।  उनको विद्यालयका प्रिन्सिपल र मेडफोर्ड टाउका मेयरले यो घटनाबाट आफूहरु निकै दुखित भएको जनाएका छन् । त्यसैगरी यहाँस्थित नेपाली कम्युनिटी जीवीएनसीका अध्यक्ष अर्जुन जंग कुँवरले नेपाली समुदायले एकजना विद्यार्थी गुमाएको दुख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ ।

यसैगरी टेक्ससको डेन्टनस्थित एक नेपाली समुदायले अर्का दुइ वर्षीय बालकलाई पनि गुमाएको छ । सर्वेस गुरुंग नाम गरेका बालकको कारमा मृत्यु भएको छ ।

डेन्टन प्रहरीका अनुसार, वुधवार बिहान घरबाट हराएका बालक सर्वेसलाई खोज्ने क्रममा १५ घन्टापछि छिमेकीको कारमा उनको शव फेला परेको थियो । बच्चालाई सुताएर आफू घरेलु काम गर्न लागेको केही समयपछि हेर्दा सुताएको स्थानमा बच्चालाई नभेटेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । यो घटनाका बारेमा प्रहरीले अनुसन्धान कार्य तीव्र बनाएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close