खुर्पाले हानेर बुहारीले गरिन् जेठाजुको हत्या – दाङ खबर
Global Luja Dang

खुर्पाले हानेर बुहारीले गरिन् जेठाजुको हत्या

MadanBhandari College

पोखरा असार १६ । गोरखामा बुहारीले खुर्पाले हानेर जेठाजुको हत्या गरेकी छन्। जिल्लाको शहीद लखन गाउँपालिका ७ बुंकोट चारघरेकी ५२ वर्षकी गोरी मायाँ रानाले ८२ वर्षका जेठाजु बलबहादुर रानालाई खुर्पा प्रहार गरेर हत्या गरेकी हुन्।

खुर्पा प्रहारपछि गम्भीर घाइते भएका रानालाई उपचारको लागि जिल्ला अस्पताल गोरखामा उपचारको लागि पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रदेश प्रहरी गरेको गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए।

हत्यापछि रानालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आरोपित रानालाई प्रहरीले हत्यामा प्रयोग भएको खुर्पासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रावलले जानकारी दिए।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close