नगरपालिकाले मनायो धान दिवस (फोटो फिचर) – दाङ खबर
Global Luja Dang

नगरपालिकाले मनायो धान दिवस (फोटो फिचर)

MadanBhandari College

शिवु खनाल
दाङ, असार १५ । असार १५ अर्थात् राष्ट्रिय धान दिवस । रोपाई जात्रा, हिलो खेल्ने, दही चिउरा खाने जस्ता नामले १५ असार प्रख्यात छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । असारे भाकामा लोकदोहोरी गाउँदै धान छुपुछुपु रोपिन्छ ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला’ जस्ता गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।

यस बेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

दाङको लमही नगरपालिका कृषि विकास शाखाले असार १५ को अवसरमा धान दिवस मनाएको छ । आईतवार लमही नगरपालिका अन्र्तगत धनपुरुवा स्थित किसानको खेतमा पुगेर धान रोपेका हुन्् । धान खेतमा प्रविधि र यान्त्रीकरण, चालम आयतमा न्यूनिकरण भन्ने नाराका सात लमही नगरपालिकाले १६ औँ राष्ट्रिय धान दिवस मनाएको हो ।

लमही नगरपालिका कृषि विकास शाखाले धनपुरुवा गाउँमा राखेको धान दिवस कार्यक्रममा नगर प्रमुख कुलबहादुर केसी, उप–प्रमुख देवका वेल्वासे, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा प्रवक्त बिमबहादुर केसी, लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मेघनारायण चौधरी, पत्रकार र किसानहरु संगै धान रापेका हुन् । धान दिवसको अवसरमा धान रोप्ने, हिलो छ्याप्ने र दहि चिउरा खाने गरिन्छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close