उपमहानगरपालिकाको वजेट कार्यक्रम बहुमतले पारित – दाङ खबर
Global Luja Dang

उपमहानगरपालिकाको वजेट कार्यक्रम बहुमतले पारित

MadanBhandari College

दाङ, असार १३ । दाङको घोराही उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७६÷७७ को लागि बजेट कार्यक्रम पारित गरेको छ । यही असार १० गते पाँचौ नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले पेश गरेको बजेट कार्यक्रम बहुमतले पारित गरेको हो ।

नगर सभा सदस्यहरुको सुझाब तथा आग्रहमा केही कार्यक्रमहरु शंसोधन सहित बजेट कार्यक्रमलाई नगरसभाले बहुमतका साथ पारित गरेको हो । नेपाली कांग्रेस पार्टीबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुले सभामा आफ्ना कुराहरु राख्दै बाहिरीए पछि नगरसभाका बहुमत सदस्यहरुले सर्बसम्मत बजेट कार्यक्रमलाई पारित गरेका हुन् ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले नगर स्तरीय योजनाहरु आफुहरुको सल्लाह बिनै छनोट गरेको, कालोपत्रे तथा सडक मर्मतको काममा ढिलाई र लापर्वाही गरेको भन्दै नगरसभामा आफ्ना कुराहरु राखेर बाहिरीएका थिए । नगर प्रमुख नरुलाल चौधरीले बिधि प्रकृयामै रहेर नगरका सबै कामहरु भएको बताउनुभयो ।

गुनासो राखेर जवाफ सुन्न आँट गर्नुपर्ने भन्दै उहाँले स्थानिय सरकारमा पक्ष बिपक्ष नभएको बताउनुभयो । असन्तुष्टिहरुलाई छलफलबाटै टुंगोमा पु¥याउने एक मात्र बिकल्प भएको भन्दै उहाँले सभा छोडेर समस्या समाधान नहुने बताउनुभयो ।

छलफल र सहमतीबाटै नगरको बिकास गर्नुपर्ने भन्दै असन्तुष्टिलाई समाधान गर्न आफु जति बेला पनि तयार रहेको समेत उल्लेख गर्नुभयो । नगरले आगामी आर्थिक बर्षका लागि १ अर्ब ७८ करोड २९ लाख ६६ हजार रुपैयाँको आयव्यय ल्याएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close