बिजुलीमा आत्मनिर्भर बन्दै नेपाल – दाङ खबर
Global Luja Dang

बिजुलीमा आत्मनिर्भर बन्दै नेपाल

Birala Tyre Dang

काठमाडौँ, जेठ ३२ । कुलमान घिसिङ. नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको तीन वर्ष पुग्दै छ । उहाँ नियुक्त हुँदा देश चरम विद्युत्भार कटौती (लोडसेडिङ) बाट आक्रान्त थियो । त्यतिबेला लोडसेडिङ कसरी व्यवस्थपन गर्ने भन्ने विषय प्राधिकरणका लागि टाउको दुखाइ थियो । हुन पनि विद्युत्भार कटौती राष्ट्रिय समस्या नै थियो ।

तर अहिले दृश्य फेरिएको छ । सबै चिज ठीक गतिमा गयो र कुनै भवितव्य आइपरेन भने अबको एक÷दुई वर्षमा उत्पादित विद्युत्को व्यवस्थापन कसरी गर्ने भन्ने अर्को टाउको दुखाइको विषय हुनसक्छ ।

यही महिनाका औसत आँकडा हेर्ने हो भने नेपाल विद्युत् प्राधिकरणले एक हजार २२६ मेगावाट विद्युत् आपूर्ति गरिरहँदा मुलुकमा लोडसेडिङ गर्नुपर्ने अवस्था छैन । यसमध्ये ५४७ मेगावाट बिजुली भारतबाट ल्याइएको हो । प्राधिकरणको आफ्नै आयोजनाबाट ४५२, निजीक्षेत्रबाट २२७ मेगावाट विद्युत् आपूर्ति भएको छ ।
आउँदा एक वर्षमा थप हुने एक हजार दुई सय मेगावाटसमेत तीन वर्षभित्र पुग्ने तीन हजार आठ सय मेगाबाट बिजुली खपत र व्यवस्थापनका लागि ठोस योजना बनाउने काममा जुट्नुपर्छ ।

छिट्टै आत्मनिर्भर
कुनै भवितव्य परेन अगामी आर्थिक वर्षको बजेट सार्वजिनक गर्ने क्रममा अर्थमन्त्रीले भन्न पाउनुहुनेछ, “नेपाल जलविद्युत् उत्पादनमा आत्मनिर्भर भएको छ ।” यो भन्ने अवस्था ल्याउने आधार निर्माणसम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाले दिनेछन् । असारको अन्त्यसम्म नेपालको विद्युत् जडित क्षमता एक हजार चार सय मेगावाटको हाराहारीमा पुग्ने छ भने अर्को २०७७ असारभित्र थप एक हजार मेगावाट बिजुली थपिएर दुई हजार चार सय मेगावाट पुग्नेछ । अफ सिजनमा पनि विद्युत्को उपलब्धता कम्तिमा एक हजार आठ सय मेगावाट हुने नेपाल विद्युत् प्राधिकरणको आँकलन छ ।

आर्थिक वर्ष २०७६/७७ को वजेट वक्तव्यमै भनिएको छ, “आधुनिक र नवीकरणीय ऊर्जा मुलुकको दिगो आर्थिक विकाससँग सामाजिक आर्थिक रुपान्तरणको माध्यम हो । ऊर्जाको ठूलो स्रोत नै जलस्रोत भएकाले यस क्षेत्रलाई हाम्रो समृद्धिको सम्बाहक क्षेत्र बनाउने गरी बजेट विनियोजन गरिएको छ ।”

कति उत्पादन हुँदैछ ?
वि.सं. १९६८ देखि सुरु भएको नेपालको विद्युत उत्पादनको इतिहास १०८ वर्षमा उत्पादन भए बराबरको विद्युत् आगामी आर्थिक वर्षमा एक हजार मेगावाट बिजुली थपिने भएको छ ।

निर्माणाधीन आयोजनाको सूची हेर्दा २०७८ चैत मसान्तसम्ममा दुई हजार ५४३ मेगावाट थप बिजुलीको व्यावसायिक उत्पादन सुरु हुनेछ । समग्रमा २०७८ चैतसम्ममा नेपालमा करिब तीन हजार आठ सय मेगावाट बिजुली उत्पादन भएको हुनेछ ।

बिजुली र ब्यापार घाटा

बजेट वक्तव्यमै चुलिँदो ब्यापार घाटा कम गर्नु चुनौतीका रूपमा स्वीकार गरिएको छ । ब्यापार घाटाको मुख्य कारक भनेको पेट्रोलियम पदार्थको आयात नै देखिन्छ । नेपाल आयल निगमका अनुसार चालू आर्थिक वर्षको पहिलो १० महिनामा २९ अर्व ८३ करोड रुपियाँको त ग्यासमात्रै आयात गरेको देखिन्छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको १० महिनासम्म मात्रै ३५ करोड ६४ लाख १७ हजार ६१० किलो एलपी ग्यास आयात भएको छ । जसअनुसार मासिक करिब २५ लाख सिलिन्डर ग्यास आयात हुन्छ । यसअनुसार मासिक करिब तीन अर्ब रुपियाँ ग्यास खरिदमै बाहिरिरहेको छ । यसबाहेक निगमले यही वस्तुमै वर्षौदेखि घाटा पनि व्यहोर्दै आएको देखिन्छ । अहिले प्रति १४.२ किलो ग्यासका लागि ग्राहकले एक हजार चार सय रुपियाँ खर्चनु परेको छ भने निगमले त्यसमा अहिले २२५ रुपियाँ घाटा व्यहोरिरहेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा ग्रामीण क्षेत्रमा एलपी ग्यासलाई बायोग्यासले क्रमशः प्रतिस्थापन गर्ने उल्लेख छ । एलपी ग्यासको प्रतिस्थापन गर्न विद्युत् उपयोग गर्ने स्पष्ट कार्ययोजना भने आएको देखिँदैन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत वर्ष जारी गरेको स्वेतपत्रमा एक घर एक विद्युतीय चुलोको योजना सार्वजनिक गरेको थियो ।

विद्युत् उत्पादनमा आशालाग्दो उपलब्धि हातलाग्दै गर्दा त्यो विद्युत्बाट राष्ट्रिय उत्पादकत्व वृद्धि गर्ने र ब्यापार घाटाको मुख्य जिम्मेवार पेट्रोलियम आयात घटाउन अब सबैको ध्यान केन्द्रित हुनुपर्ने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारी बताउनुहुन्छ ।  “ प्रतिव्यक्ति विद्युत् खपत नेपालमा न्यून छ भने पेट्रोलियम खपत बढेर ब्यापार घाटा बढिरहेको अवस्थामा अब स्वेदशमै विजुली खपत बढाउन थप नीतिगत तथा कार्यमूलक योजना ल्याउनै पर्छ,” उहाँले भन्नुभयो ।

अहिले नेपालीको प्रतिव्यक्ति विद्युत् खपत १९१ युनिट प्रतिवर्षमात्र छ जुन विश्व परिपेक्षमा अत्यन्तै न्यून हो । यसलाई १५आंैँ योजनाको अन्तिम वर्ष(आव २०८०/८१)सम्ममा सातसय युनिट पु¥याउने बताइएको छ । त्यस्तै सबै स्थानीय तहमा विद्युत् आपूर्ति भइसकेको हुने दाबी पनि त्यहाँ गरिएको छ ।

कुन सस्तो : ग्यास कि बिजुली
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवलराज अधिकारीका अनुसार एक सिलिन्डर ग्यासले उत्पादन गर्ने ऊर्जा बराबर १९३ युनिट बिजुली हुन आउँछ । प्राधिकरणको गत आर्थिक वर्षको विद्युत् बिक्री र त्यसको आय विवरण अनुसार विद्युत् महसुल औसत प्रतियुनिट १० रुपियाँ पर्न आउँछ । एक सिलिन्डर ग्यास हटाउन यो दरको बिजुलीले केही महङ्गो भने पर्ने देखिन्छ ।

गार्हस्थ महसुल औसतदरका आधारमा ग्राहकले एकहजार ९३० रुपियाँको बिजुली किन्नु पर्ने देखिन्छ । ग्यासमा ग्राहकले तिर्ने एक हजार चारसय र घाटा २२५ समेत गरी एक हजार ६२५ रुपियाँ प्रतिसिलिन्डर लागत खर्च भएको देखिन्छ । यसर्थ १९३ युनिट विजुली खपत हुँदाको विद्युत् खर्च अझै तीन सय पाँच रुपियाँ बढी देखिन्छ । यसअवस्थामा मूल्यकै आधारमा ग्यास प्रतिस्थिापन गर्न विद्युत् मूल्य प्रति युनिट एक रुपियाँ ५० पैसा घटाउनु पर्ने तथ्याङ्कले देखाउँछ ।
सरकारले आगामी आर्थिक वर्ष बजेट वक्तव्यबाटै उद्योगहरूलाई हालसम्म उपलब्ध गराइँदै आएको ग्यासमा भ्याट फिर्ता हटाइएको छ ।

गाेरखापत्रबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close