मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा वडा सदस्यको मृत्यु – दाङ खबर
Global Luja Dang

मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा वडा सदस्यको मृत्यु

Birala Tyre Dang

वझाङ जेठ ३०– बझाङमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य नरेश भनेर चिनिने नरबहादुर महरको मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा मृत्यु भएको हो ।

बिहीबार बिहान मोटरसाइकल सिक्ने क्रममा घाइते भएका महरको उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । वडा नम्बर ७ को से १ ब ११७७ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक सुर्यबहादुर केसीले बताए ।

मृतक महरले विना हेलमेट मोटरसाइकल चलाएको प्रहरीको भनाइ छ । ‘मृतक महरको टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close