Global Luja Dang

बार काउन्सिल अध्यक्षको गोली हानी हत्या

Birala Tyre Dang

एजेन्सी/भारतको उत्तर प्रदेश बार काउन्सिलकी अध्यक्ष दरवेश यादवको गोली हानी हत्या भएको छ । आगरा जिल्ला अदालतको परिसरमा यादवलाई उनकै सहयोगी वकिलले गोली हानी हत्या गरेको बताइएको छ ।

यादव दुई दिन पहिला युपी बार काउन्सिलका अध्यक्ष बनेकी थिइन् । पुलिसका अनुसार गोली हानेपछि आरोपितले आफ्नै ज्यान लिन खोजेका थिए । आगरा क्षेत्रका अतिरिक्त प्रहरी प्रमुख अजय आनन्दले भने, ‘मैले सूचना पाएको छु कि अदालत परिसरमा यादवको स्वागतका लागि एक कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा यादवलाई आफ्नै सहयोगीका रूपमा काम गरिसकेका वकिल मनीष शर्माले गोली हानेका हुन् । यादवलाई गोली हानेपछि शर्माले आफूलाई पनि गोली हानेका थिए । यादवलाई बचाउन सकिएन तर शर्माको स्वास्थ्यस्थिति गम्भीर छ ।’

यादव बार काउन्सिलको प्रमुख बनेपछि सबैभन्दा पहिला अदालत आएकी थिइन् । पुलिसका अनुसार मनीष शर्माले गोली चलाएपछि त्यहाँ उपस्थित अन्यले उनलाई रोक्न खोजे र अन्त्यमा आफैलाई गोली हाने ।

स्थानीय पत्रकार विवेक कुमार जैनका अनुसार बुधवार दिउँसो करीब ३ बजे युपी बार काउन्सिलकी अध्यक्ष यादव र आरोपित वकिल शर्माबीच कुनै कुरालाई लिएर विवाद भयो । त्यही विवाद नै गोली प्रहारको कारण रहेको आगरा पुलिसको भनाइ छ । हत्या गरिएकी यादव युपी बार काउन्सिलको पहिलो महिला अध्यक्ष थिइन् ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close