Global Luja Dang

राप्ती राजमार्गमा लुटापट

Birala Tyre Dang

दाङ, जेठ २८ । दाङमा एक दम्पतीमाथि लुटपाट भएको छ । राप्ती राजमार्ग अन्तरगत तुलसीपुर अमिलिया तुलसीपुर सडकखण्डमा पर्ने जंगलमा उनीहरु माथि लुटपाट भएको हो ।

नेपालगंज निवासी अन्सार अन्सारी र उनको परिवारलाई बीच जंगलमा रोकेर ५ जना युवाहरुको समुहले लुटपाट गरेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । त्यो समुहले अन्सारी दम्पतीको साथमा रहेको ६ हजार नगद र सामसुङ कम्पनीको १५ हजार मुल्य पर्ने मोवाईल पनि लुटपाट गरेको छ ।

अन्सारी दम्पतीले लुटेरा समुहले आफुहरुलाई हातपात समेत गरेको बताएका छन् । बाँकेदेखि दाङको तुलसीपुर तर्फ रा ३ प ६५९३ नम्बरको मोटरसाइकलमा आइरहेका अन्सारी दम्पतीलाई सोमवार बेलुका आठ बजेतिर बीच जंगलमा रोकेर उक्त समुहले कुटपिट र लुटपाट गरेको थियो ।

लुटपाट गर्ने क्रममा उनीहरुले छुरी तथा घरेलु हतियार र लाठी समेत देखाएर कसैलाई भने ज्यान लिने धम्कि समेत दिएको अन्सारी दम्पतीले बताए । जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले भने सडक निर्माण र मर्मतमा खटिएका केही युवाहरु माथि आशंका उब्जिएको बताए । केही माथि सोधपुछ भइरहेको एसपी पाण्डेले जानकारी दिए । प्रहरीले लुटेरा समुहको खोजी भइरहेको जानकारी दिएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close