Victoria College Dang

दाङको विकास र समृद्धिका मुद्दाहरु – दाङ खबर

दाङको विकास र समृद्धिका मुद्दाहरु

MadanBhandari College

दाङ, जेठ २७ । ‘सम्पन्न जनता समृद्धि दाङ’ को परिकल्पना गर्दै दाङको तेस्रो जिल्ला अधिवेसन सकिएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको अधिवेसन १३ बुँदे संकल्प प्रस्ताव पास गर्दै सकिएको छ ।

अधिवेशसनले जिल्लाको विकास र समृद्धिका लागि स्थानीय तह, प्रदेस र संघीय सरकारको त्रिकोणात्मक सम्बन्ध स्थापित गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले जानकारी दिनुभयो । एउटै जिल्ला हुँदाहुँदै पनि भुगोलका कारण छुट्टिएका दाङ र देउखुरी उपत्यकालाई जोड्नका लागि चक्रपथ निर्माण गर्नुपर्ने ठहर गर्दै उक्त कार्यका लागि प्रदेश र संघीय सरकारसँग सहयोग माग गर्ने निर्णय गरिएको नेपालीले जानकारी दिनुभयो ।

जिल्लामा हवाई यातायातलाई व्यवस्थित बनाउनका लागि टरिगाउँ विमानस्थलको स्तरोन्नती र घोराही उपमहानगरपालिका १० नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न संघीय सरकार समक्ष माग गर्ने निर्णय गरिएको संयोजक नेपालीको भनाइ छ । जिल्लाको भविष्यसँग जोडिएको माडी डाइभर्सनबाट विद्युत उत्पादन गर्नुका साथै उत्तरतर्फबाट पूर्व–पश्चिम विशाल नहर निर्माण गरी सिंचाई र खानेपानीको आवश्यक प्रबन्ध मिलाउन संघीय सरकार समक्ष माग गर्ने निर्णय गरिएको नेपालीले जानकारी दिनुभयो ।

जिल्लाको यातायातलाई व्यवस्थित गर्नका लागि उपयुक्त स्थानमा सुरङमार्ग निर्माण गर्न संघीय सरकार समक्ष माग गर्ने निर्णय गरिएको भन्दै संयोजक नेपालीले देउखुरीमा सञ्चालित बड्कापथ तथा प्रगन्ना सिचाई आयोजनालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिन प्रदेश र संघीय सरकार समक्ष माग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

जिल्लाका प्रत्येक पालिकामा सञ्चालित सामुदायिक विद्यालयमध्ये एक÷एक विद्यालयलाई नुमना प्राविधिक विद्यालयका रुपमा विकास गर्न संघीय सरकार समक्ष अनुरोध गर्ने निर्णय गरिएको नेपालीले जानकारी दिनुभयो । राप्ती र बबई नदीको दुवैतर्फ तटबन्धनको कार्यलाई निरन्तरता दिने निर्णय गरियो भन्दै संयोजक नेपालीले दाङ विकास सल्लाहकार परिषदले तयार पारेको दाङ जिल्लाको विकास व्यवस्थापनको मोडेललाई आत्मसाथ गरी सबै पालिकाहरुको विकास व्यवस्थापनमा क्रमशः लागु गर्दै जाने र ‘सम्पन्न जनता समृद्धि दाङ’ को दुरदृष्टिमा पुग्ने उद्देश्यलाई सफलीभूतबनाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close