Victoria College Dang

देखिदै वजेटकाे असर – दाङ खबर

देखिदै वजेटकाे असर

MadanBhandari College

काठमाडाैँ जेठ २६ । संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् ।

विशेष गरी हरियो तरकारी, चामल, तेल, चिनी, दाललगायतका वस्तुमा मूल्य बढेको छ । व्यवसायीले पसलैपिच्छे फरक र मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् ।

बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य वस्तुमा न्यूनतम् १० रूपैयाँदेखि अधिकतम एक सय रूपैयाँसम्म मूल्य वृद्धि भएको थियो। मूल्यवृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको छ । शंखमूलका व्यापारी दिनेश थापाले बजेटपछि दैनिक उपभोग्य वस्तुमा सामान्य मूल्य बढेको बताए । सामानको मूल्य बढेर आएकाले मूल्य बढाउन बाध्य भएको उनको भनाइ छ ।

बजार अनुगमन प्रभावकारी नहुँदा व्यवसायीलाई मूल्य बढाउन थप प्रोत्साहन मिलेको छ । बजेटको बहाना देखाउँदै व्यवसायीलेअधिकांश सामानमा मूल्य बढाएको उपभोक्ताको गुनासो छ।बजारमा सरकारको उपस्थिति नहुँदा व्यवसायीले मनपरी ढंगले मूल्य वृद्धि गरेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेना बताउँछन् । “यतिबेला बजार अनुगमन प्रभावकारी हुनुपर्ने हो,” उनले भने,“अनुगमन नहुँदा त्यसको फाइदा व्यवसायीले उठाउँदै आएका छन् ।”

व्यवसायीका अनुसार भारतमा हालै सम्पन्न निर्वाचनका कारण मागअनुसार आपूर्ति नहुँदा थोक बिक्रेताले मूल्यवृद्धि गरी उपभोग्य वस्तु बजार पठाएका थिए। दैनिक उपभोग्य वस्तुमा आधिकारिक रूपमा १० देखि ५० रूपैयाँ वृद्धि भएको जनाइएको छ। थोकले वृद्धि गरी पठाएको मूल्यमा अझै पनि आम उपभोक्ताले वस्तु खरिद गर्न पाएका छैनन्। थोक मूल्यमा १० देखि १५ रूपैयाँ वृद्धि गरी पसलेले अतिरिक्त मूल्य असुल गर्दै आएका छन्।
मैदामा भ्याट फिर्ता गर्न उद्योगीको माग

यसैबीच,बजेटबाट गहुँको पिठो(आटा)मा भ्याट लगाएपछि स्वदेशी मैदा उद्योगको लगानी जोखिममा पर्ने भन्दै व्यवसायीले तत्काल फिर्ता गर्न माग गरेका छन् ।
नेपाल मैदा मिल एसोसिएनले आटामा भ्याट लगाइएपछि उद्योग नै बन्द हुने अवस्था आएको भन्दै तत्काल फिर्ता लिन माग गरेका छ । मुलुकभित्र ३८ वटा मैदा मिल छ । एसोसिएसनले भारतबाट आउने मैदा र आटासँग भ्याटकै कारण प्रतिस्पर्धा गर्न नसक्ने जिकिर गरेको छ । सरकारले देश अब खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरेपनि व्यवहारमा स्वदेशी उद्योगलाई निरुत्साहित बनाएको एसोसिएसनको भनाइ छ ।

भ्याटका कारण आटाको मूल्य किलोमै ६ रूपैयाँसम्म बढ्ने एसोसिएसनले दाबी गरेको छ । एसोसिएसनले विगतमा मैदा उद्योग रुग्ण भएका कारण भ्याट छुट दिएको भन्दै भ्याट कार्यान्वयनले फेरि समस्यामा पर्ने जनाएको छ । एसोसिएसनले विलासिताका वस्तुको जस्तै अत्यावश्यक उपभोग्य वस्तुमा भ्याट कार्यान्वयन पुनविचार गर्न सरकारसँग आग्रह गरेको छ ।

काराेबारबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close