Global Luja Dang

सडकमा देखिदै चुनावी राेस

Birala Tyre Dang

एजेन्सी/भारतस्थित पश्चिम बंगालमा लोकसभा चुनावका बेलादेखि सुरु भएको हिंसात्मक घटना अझै रोकिएको छैन । परगना जिल्लामा शनिबार बेलुकी भारतीय जनता पार्टी भाजपा र तृष्णमूल काँग्रेसबीच भएको भिडन्तमा गोली चलेपछि भाजपाका ३ तथा तृष्णमूलका १ कार्यकर्ताको ज्यान गएको छ ।

तीन जना घाइते भएका छन् । पुलिसले यसबारेमा केही बोलेको छैन । भाजपाका प्रदेश महासचिव सायन्तन बसुले तृणमूलका कार्यकर्ता सन्देशखली इलाकामा भाजपाको डन्डा निकालेर फ्याँफिरहेको देखेपछि त्यसलाई रोक्न जाँदा गोली चलेको बताएका छन् ।

उनको दावी छ कि थप दुई जनाको पनि मृत्यु भएको खवर आए पनि शव अझै भेटिएको छैन । घटनाको जानकारी गृहमन्त्री अमित शाहलाई दिइसकिएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close