पुनर्निर्माणकाे काम तिब्र गतिमा चल्दै – दाङ खबर
Global Luja Dang

पुनर्निर्माणकाे काम तिब्र गतिमा चल्दै

Birala Tyre Dang

काठमाडौं जेठ २६ । महाभूकम्प २०७२ मा क्षति भएका मध्ये झन्डै ४ लाख निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ३ लाख ९७ हजार १ सय २ वटा निजी आवासको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ । पुनर्निर्माण सम्पन्न भएका घरमा भूकम्पपीडितले बसोबाससमेत सुरु गरेका छन् ।

प्राधिकरणका अनुसार ६ लाख २७ हजार ६ सय ६९ घर बन्ने क्रममा छन् । सरकारले निजी आवास अनुदान वितरणअन्तर्गत ९ लाख ९६ हजार ५ सय ८२ घरधुरीको सर्वेक्षण गरेको थियो । त्यसमा अतिप्रभावित १४ जिल्लाका ८ लाख २३ हजार ४ सय ६० छन् भने कम प्रभावित १८ जिल्लाका १ लाख ७३ हजार १ सय २२ घरधुरी छन् ।

लाभग्राही सूचीमा अति प्रभावित १४ जिल्लाका ७ लाख २५ हजार २ सय ९ रहेका छन् भने कम प्रभावित १८ जिल्लाका १ लाख ४ सय ६७ रहेका छन् । प्राधिकरणका अनुसार ७ लाख ६० हजार ५ सय ९५ ले पहिलो किस्ता बुझेका छन् । त्यसमा अति प्रभावित १४ जिल्लाका ६ लाख ६७ हजार ५ सय ७७ छन् भने कम प्रभावित १८ जिाल्लाका ९३ हजार १८ छन् ।

प्राधिकरणले दोस्रो किस्ता बुझ्ने भूकम्पपीडितको संख्या ५ लाख २४ हजार ४ सय ७६ रहेको जनाएको छ । कम प्रभावित १८ जिल्लाका ५२ हजार ९ सय ४२ घरधुरी छन् । तेस्रो किस्ता लिनेको संख्या पनि ४ लाख २७ हजार १७ छ भने अति प्रभावित १४ जिल्लाका ४ लाख २ हजार ५ सय १० र कम प्रभावित १८ जिल्लाका २४ हजार ५ सय ७ रहेको छ ।

गत ९ वैशाखसम्म ३ लाख ८२ हजार घर पुनर्निर्माण भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशतभन्दा बढी उपलब्धि हासिल भएको बताएका छन् ।

प्राधिकरणले पुनर्निर्माण र पुनःस्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कुल ९३८ अर्ब रकमको आँकलन गरेकोमा आर्थिक वर्ष २०७४÷७५ सम्म कुल १८६ अर्ब रकम खर्च भएको र चालू आर्थिक वर्षमा जम्मा १२३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि १ खर्ब ४१ अर्ब बजेट विनियोजिन भएको छ । प्राधिकरणले सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैसस क्षेत्रबाट करिब २ सय अर्ब रुपैयाँ परिचालन हुने अपेक्षा गरेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close