Victoria College Dang

नेपाल प्रहरीकाेे रणनीति – दाङ खबर

नेपाल प्रहरीकाेे रणनीति

MadanBhandari College

काठमाडाैँ जेठ २५ । विप्लप नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । सरकारले विप्लव समुहको गतिविधि प्रतिवन्धित लगाए संगै नेता तथा कार्यकर्तालाई प्रहरीले खोजी गदै पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका विप्लव समुहका दुई नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विप्लव समुहका केन्द्रिय सदस्य तथा रोल्पा गंगादेव गाउँपालिका ३ निवासी चुडामणि वली र जिल्ला कमिटि रोल्पाका सदस्य लाल बहादुर वलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

यसैविच प्रहरीले विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्न थालेपछि पार्टी परित्याग गर्ने क्रम बढ्दो रहेको छ ।विप्लव समुह निकट अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा घोराही १३ निवासी विरवल वलीले शुक्रवार भालुवाङमा पत्रकार सम्मेलन गरी पाटी परित्याग गरेको घोषणा गरेका छन् ।

उनले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ विप्लव समुह निकट शिक्षक संगठनमा विगत ३/४ वर्ष पहिले सदस्यता लिई आवद्ध रहेको र हाल सो संगठन वा नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहमा संलग्नता छैन साथै आजकै मिति देखि विप्लव समुहमा संलग्न नरहने समेत प्रतिबद्धता व्यक्त गरी नेपाल सरकारको प्रचलित कानूनको अधिनमा रहि सर्वसाधारण जनता सरह आफ्नो जिवनयापन गर्नेछु ।

गत चैत्र २४ गते पक्राउ परेका वलीलाई उच्च अदालत तुलसीपुर गत विहिवार थुनामुक्त गर्न आदेश दिएको थियो । यस्तै दंगीशरण गाउँपालिका वडा नम्वर ४ मौली निवासी कमल थारुले पनि कुनै राजनितिक दलमा आवद्ध नभएको बताएका छन् ।

शुक्रवार एक प्रेस विज्ञप्ती जारी गदै प्रहरीले आफुलाई विप्लव समुहको भन्दै पक्राउ गरेकाले कुनै राजनितिक दलमा आबद्ध नभएको र स्वतन्त्र साधारण नागरिक भएको उल्लेख गरेका छन् । विप्लव कार्यकर्ता भएको आसंकामा थारुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखीएको थियो । बन्दीप्रत्यक्षकरण मुद्धा रिट दर्ताको सुनुुवाई गदै उच्च् अदालत तुलसीपुरले शुक्रवार थुनामुक्त गर्न आदेश दिएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close